संविधान निर्माणमा कागेेंसलाई व्यावहारीक कठिनाइ सञ्चारमन्त्री रिजाल

दिननाथ बराल
पोखरा, ३२ साउन

नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले संविधान निमार्णमा नेपाली कागेंसलाई व्यावहारीक कठिनाई आईपरेको बताएका छन । नेपाल प्रेस युनियन कास्कीले सोमवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस प्रचार विभागका प्रमुख समेत रहेका मन्त्री रिजालले नेपाली कांग्रेसको महाधिवेशन र संविधान जारी गर्ने मिति एकै समयमा परेकोले व्यावहारीक कठिनाई आई परेको बताएका हुन ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनले भने “संविधान निर्माण वा कांग्रेस महाधिवेशन मध्ये कुनै एक पछि धकेलिन्छ, पार्टीको महाधिवेशन हाम्रो आन्तरीक निर्णयको बिषय हो, तर संविधान हाम्रो आन्तरीक निर्णयको बिषय होईन ।” संवैधानिक व्यावस्था नै अली फरक किसिमको भएमा र अन्य दलहरुले कागेेंसको महाधिवेसन पछि गर्न आग्रह गरेको खण्डमा कागेंस महाधिवेशन भन्दा संविधान निमार्ण पहिला हुने उनले बताए । संविधान निर्माण र कांग्रेसको महाधिवेशन एकैपटक हुने सम्भावना नरहेको बताउँदै उनले भने, “संवैधानिक व्यवस्था नै परिवर्तन भयो भने मात्रै कांग्रेस महाधिवेशन पर सर्छ, तर संवैधानिक व्यवस्था मिलाउन अन्य पार्टीहरु पनि तयार हुनुप¥यो, यदि अन्य दलहरु तयार भएनन् भने कांग्रेस महाधिवेशन संविधान निमार्ण भन्दा पहिला हुन्छ । ” उनले भदौ १५ गते भित्रमा संविधान जारी गर्नेगरी काम भइरहेको समेत जनाए ।

अहिले जतिलाई चित्त बुझेको छ त्यो भन्दा बढीलाई चित्त बुझ्नेगरी संघीयता निर्माण भइरहेको स्पष्ट पार्दै मन्त्री रिजालले सबैको चित्त बुझ्ने संविधान लेख्न असम्भव भएको दाबी गरे । उनले भने –“सवैलाई चिक्त बुझ्ने गरी र चिक्त नबुझेका कुरा काट्दै जाने हो भने संविधान खाली कागजमा परिणत हुन्छ, मन नपरेका कुरा अस्वीकार गर्दा ७० बर्ष सम्म खाली कागज बोकेर हामी हिड्यौं । ” पहिलो संविधान माओबादीको कारणले गर्दा निमार्ण हुन नसकेको आरोप लगाउर्दै मन्त्री रिजालले यसपाली कागेंस र एमालेको नेतृत्वमा संविधान निमार्ण हुने विश्वास व्यक्त गरे ।

मन्त्री रिजालले असन्तुष्ट दलहरुले आफूलाई जनताले दिएको मत (हैसियत) हेरेमात्र पनि संविधान निर्माण सहज रुपमा बन्ने बताए । उनले कास्कीको लेखनाथमा हत्या गरिएका रामजी पौडेल (बादल)को हत्यारालाई कार्वाही गरेरै छाड्ने दाबी गरे । उनले भने,–‘अपराधी कुनैपनि पार्टीको आवरणमा हुनुहुँदैन कुन कुन अपराधि हुन तयसमा प्रहरीले अनुसन्धान गर्छ त्यसमा हामीले पनि हेर्छौं। ं हिंसात्मक गतिविधि गर्ने कुनै पनि व्यक्तिलाई पार्टीबाट तत्काल निष्कासन गरी कार्रवाही गर्ने उनले चेतावनी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button