माछापुच्छ«े बैकका कर्मचारीले ट्रेड युनियन दर्ता गरे

 पोखरा, २४ भदौ:

अन्ततः माछापुच्छ«े बैक लिमिटेडका कर्मचारीहरुले कर्मचारीको हकहितको लागि ट्रेड युनियन दर्ता गरेका छन । ट्रेड युनियनको स्थापना गर्न माग गर्दै लामो समय सम्म आन्दोलन गरेका कर्मचारीहरुले बुधबार आधिकारी रुपमा ट्रेड युनियन दर्ताको प्रमाण पत्र समेत वुझेका छन।

श्रम कार्यालय गण्डकी अञ्चल पोखराका प्रमुख दिलिप अधिकारीले माछापुच्छ«े बैक कर्मचारी संघका अध्यक्ष विकास श्रेष्ठलाई उक्त प्रमाण पत्र प्रदान गरेका हुन । श्रम कार्यालय गण्डकी अञ्चलका पोखराका प्रमुख अधिकारी भने “माछापुच्छ«े बैकको केशमा भने कर्मचारी र व्यवस्थापन विच विवाद भएकालेले व्यवस्थापन पक्षले कर्मचारीको प्रमाणीत नगर्दा युनियन दर्ता केहि ढिला भएको हो । ” कर्मचारी प्रमाणी गर्नका लागि पटक पटक सूचना निकाल्दा पनि व्यवस्थापन पक्षबाट कर्मचारीको प्रमाणित नगर्दा कर्मचारीले ल्याएको हस्ताक्षरलाई आधिकारीक मानेर प्रमाण पत्र दिएको अधिकारीले बताए । प्रमाण पत्र प्रदान गरे लगत्तै अधिकारीले यसलाई कसैको जित र हारको रुपमा नलिन समेत आग्रह गरे । प्रमाण पत्र प्राप्त गर्दा व्यवस्थापन पक्ष र कर्मचारीको दुबैको जित भएको ठान्न उनले आग्रह गर्दै यसमा कसैलाई हार भएको महसुस गर्न नहुने बताए । युनियन कर्मचारीको अधिकार प्राप्तीको लागि भएकोले युनियन गठन पछि पनि कर्मचारी र व्यवस्थापन पक्ष हातेमालो गरेर अगाढि वढ्नु पर्ने उनले बताए ।

मछापुच्छ«े बैकका कर्मचारीहरुले साउन २४ गते युनियन गठन गर्न पाँउ भनि अञ्चल कार्यलयमा निवेदन दिएका थिए । कुनै पनि संस्थामा युनियन गठन गर्नका लागि त्यस संस्थाको व्यवस्थापन पक्षले त्यहाँका २५ प्रतिशत कर्मचारीको प्रमाणीत गरेर पठाउनु पर्दछ। व्यवस्थापन पक्षले २५ प्रतिशत कर्मचारीको प्रमाणीत गरि युनियन गठन गर्न निवेदन दिएमा तत्काल युनियनको प्रमाण पत्र दिने प्रावधान छ । यस प्रक्रियाका लागि १५ दिनको सूचना निकाल्दा पनि व्यवस्थपन पक्षबाट केहि नआएपछि पुनःव्यवस्थाप पक्षका लागि सात दिनको सूचना निकाल्यौ त्यस समयमा पनि व्यवस्थापन पक्षबाट केहि जवाफ आएन उनले भने–अन्तिमा कर्मचारीहरुबाट ल्याएको हस्ताक्षरलाई आधिकारीक मानी प्रमाण पत्र प्रदान गरेका हौ । युनियन गठनका लागि एक सय ८० जनाको हस्ताक्षर आएपनि एक सय ६८ जनाको हस्ताक्षरलाई आधिकारीक मानेर प्रमाण पत्र प्रदान गरेको उनले जानकारी दिए ।

बैंकका देशभरका कार्यालयमा हाल छ सय भन्दा बढी कर्मचारी कार्यरत छन्। युनियन गठनका लागि एक सय ५० जना कर्मचारीको आवश्यक पर्दछ। लामो संघर्षपछि युनियनको प्रमाण पत्र वुझ्दा निकै नै भावुक भएका माछापुच्छ«े बैक कर्मचारी संघका अध्यक्ष विकास श्रेष्ठले यस कार्यमा सहयोग गर्ने सवै प्रति आभार व्यक्त गरे। ठुलो संघर्षपछि आफुहरुको सपना पुरा भएको बताउदै आफ्नो अधिकारका लागि युनियन गठन गर्न सफल भएको बताए । उनले भने “युनियन गठन पछि कर्मचारीहरु बैक व्यस्थापन पक्षसंग तर्सनु पर्दैन, युनियन गठन व्यवस्थापन पक्षको विरोधमा होइन्, कर्मचारीका अधिकारका पक्षमा गठन गरिएको हो ।” बैकका कर्मचारीहरुले ट्रेड युनियन गठन गर्ने प्रक्रियामा जादै गर्दा गठन प्रक्रियामा आवद्ध कर्मचारीलाई एका एक सरुवा गरी वर्खास्त समेत गरे पनि कर्मचारी आन्दोलन चुलिए पछि अन्ततः बैंक व्याबस्थापनले कर्मचारीलाई पुनर्रवाहली गरे पछि आन्दोलन फिर्ता भएको थियो ।

माछापुच्छ«े बैक कर्मचारी संघमा १५ जनाको कार्यसमिति रहेको छ। जसको प्रथम उपाध्यक्षमा शैलेश रायमाझी, द्धितीय उपाध्यक्षमा ज्योति अधिकारी, महासचिवमा राजकुमार कार्की, सचिवमा गणेशबहादुर मगर, कोषाध्यक्षमा मुनु केसी रहेका छन् । त्यसैगरि समितिको सदस्यहरुमा विनोदनिधि तिवारी, प्रेमबहादुर भण्डारी, राजेश थापा, शम्भु न्यौपाने, मधु थापा, गणेशराज जोशी, सुरेन्द्र श्रेष्ठ, मञ्जु सापकोटा, अनन्तराज पाण्डे रहेका छन् ।

यसैवीच बुधबार नै सार्वजनिक सेवा कर्मचारी संघले माछापुच्छ«े बैक कर्मचारी संघका पदाधिकारीहरुलाई वधाई साथ स्वागत गरेको छ। संघले समितिका पदाधिकारीहरुलाई खादा लगाई स्वागत सहित वधाई ज्ञापन गरेको हो। कार्यक्रममा बोल्दै ट्रड युनियन काङ्ग्रेस पश्चिमाञ्चल अध्यक्ष मुरारी शर्माले युनियन गठन पछि पनि व्यस्थापन र कर्मचारी वीचको सम्वन्धलाई सुमधुर बनाएर उदाहरण प्रस्तुत गर्न आग्रह गरे । सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष विष्णुशंकर ख्वाउजुको अध्यक्षतामा सम्पन्न भएको सचिव केदार धमालाले बताए । बैंकका सुचना अधिकृत सन्तोस कोईरालाले वैधानिक रुपमा दर्ता भएर युनिय गठन हुनु राम्रो कुरा भएको बताउदै कर्मचारीहरुसंग आफुहरुले जहिले पनि सहकार्य गरी अघि बढ्न खोजेको जनाए । उनले भने बैंकको नियम र परिधि भित्र रहेर युनिय गठन गर्नु

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button