पोखरा ३०, भदौ :
नेपाल मानव धर्म सेवा समिति कास्कीले विश्वकै कान्छा ड्रमर वालप्रतिभा उत्प्रेम जोजिजूलाई सम्मान गरेको छ । वालदिवसको अवसरमा समितिले मंगलबार जोजिजूले संगितको मार्फत देशको नाम विश्व सामु राख्न सफल भएको भन्दै सम्मान गरेको हो ।
समितिका अध्यक्ष क्षेत्र बहादुर गुरुङ, कार्यक्रमका प्रमुख अतिथि सेफकिड्स मल्टेश्वरीका प्रिन्सिपल नारायणी कोईरालाले दोसला र खादा लगाउदै उत्प्रेमलाई सम्मान गरेका हुन । कार्यक्रमका बिषेश अतिथि समेत रहेका उत्प्रेमले कार्यक्रममा ड्रमसेट समेत बजाएका थिए ।
कार्यक्रममा समितिका क्षेत्रिय प्रभारी पितम्वर बाईजु, महात्मा अल्का वाईजु, संचारकर्मी लक्ष्मी जिसी, कार्यक्रम संयोजक निराजन उपाध्याय लगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न वालकहरुले आ–आफ्नो सांङगीतीक प्रस्तुती गरेका थिए । जोजिजू म्युजिक सेन्टर एण्ड म्युजिक स्कुलका निर्देशक गायक विनित जोजिजू गित प्रस्तुत गरेका थिए भने । सुनिल बरालले तवला, अमृत गुरुङ र सरोज साईले गितार म्युजिक स्कुलका व्याबस्थापक सानु जोजिजूले भ्वालेन्ट प्रस्तुतः गरेका हुन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution