जोजिजू म्यूजिकल जर्नी सम्पन्न,कलाकार बज्रचार्य र मुखिया तथा संचारकर्मी शुशिल सम्मानित

पोखरा २६, असोज:
कलाकार बाबाराणा बज्रचार्य र तवलावादक राजा मुखिया तथा संचारकर्मी सुरेन कुमार शुशिल मंगलबार पोखरामा सम्मानित भएका छन । पोखरा रानीपौवामा रहेको जोजिजू म्युजिक सेन्टर एण्ड म्युजिक स्कुलको आयोजनामा पोखरामा घटस्थापनाको दिनमा पोखरामा आयोजना भएको बिषेश सांस्कृतिक कार्यक्रम जोजिजू म्यूजिकल जर्नी २०७२ को अवसरमा तीन जनालाई सम्मान गरीएको हो ।

गीत संगितको क्षेत्रमा उल्लेखनिय योगदान पुराएको भन्दै बज्रचार्य र मुखियालाई सम्मान गरीएको हो भने संचार क्षेत्रबाट उल्लेखनिय योगदान पुु¥याएको भन्दै शुशिललाई सम्मान गरेको स्कुलले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, शिक्षा विद जर्ज जोन, स्कुलका प्रवन्ध निर्देशक गायक विनित जोजिजूले सम्मान पत्रको साथमा फुलमाला तथा दोसला ओढायर सम्मान गरेका हुन । कार्यक्रममा बोल्दै कुलपति श्रेष्ठले गित संगितको उत्थानमा यस्ता प्रकारका म्युनिकल जर्नी कार्यक्रमले थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने “कलाकारीतालाई व्यवसायीक बनाउन सवैले सहयोग गर्नु पर्छ ।”

“संगीतको उत्थान हाम्रो दायिव्व” भन्ने मुल नाराका साथ पोखरा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना भएको कार्यक्रममा बिषेश सांस्कृतिक कार्यक्रम प्रस्तुतः भएको थियो । कार्यक्रममा गायक रामभक्त जोजिजू, ईतु जोजिजू, विनोद वानिया, स्कुलका नवप्रतिभा लगायतका कलाकारहरुको बिषेश प्रस्तुतीः रहेको छ । विश्वका सानो उमेरका ड्रमर उत्प्रेम जोजिजूले ड्रमसेट बजायर सहभागिहरुलाई थप मनोरन्जन दिलाएका थिए । साथै उनको जन्म दिन समेत परेकोले सहभागिहरुले उनलाई जन्म दिनको शुभकामना दिएका थिए । स्कुलले हरेक बर्ष गित संगीतको क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ ।

स्कुलका प्रवन्ध निर्देशक गायक विनित जोजिजूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुस्मा पौडेल, राष्ट्रिय जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य मनकुमार श्रेष्ठ, कार्यक्रम संयोजक सानु जोजिजू लगायतले बोलेका थिए । स्कुलले विगत १२ बर्ष अघि देखि विभिन्न विधामा गायन, बाद्यवादन, नृत्य प्रशिक्षणका साथै सृजनात्मक प्रशिक्षण कार्यक्रम समेत गर्दै आएको प्रवन्ध निर्देशक जोजिजूले बताए । लोक आधुनिक पप तथा शास्त्रीय संगीतको माध्यमबाट नव प्रतिभा कलाकारहरु उत्पादन गर्ने अभियान अन्र्तगत स्कुलले हालसम्म करीब ६ हजार जना भन्दा बढीलाई गित संगीतमा प्रशिक्षण गराएको स्कुलले दाबी गरेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button