पोखरा ११ , कार्तिक:
भारतले नेपाल माथि गरेको अघोषित नाकावन्दीको कारण पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको विच भागमा रहेको तालवाराही मन्दीरमा दर्शन गर्नेको सङख्या ह्वात्तै घटेको छ । कोजाग्रत पुर्णीमाको अवसरमा तालवाराही मन्दीरमा गत बर्षको तुलनामा यस बर्ष भने तालवराही मन्दीरमा ६० प्रतिशतले दर्शनार्थीहरु कम आएको मन्दीरका पदाधिकारी तथा डुंगा व्यवसायीहरु बताउछन ।
बर्षकै सवै भन्दा बढी भिडभाड हुने गरेको कोजाग्रत पुर्णिमाको दिनमा यस बर्ष नेपालमा आएको विनाशकारी भूकम्प, र भारतले नेपाल माथि गरेको अघोषित नाकावन्दीको कारणले गर्दा यस बर्ष ताल वराही मन्दीरमा आउने दर्शनार्थीहरुको सङख्यामा ह्वात्तै घटेको ताल वराही मन्दीर संरक्षण समितिका पुर्व उपाध्यक्ष मित्रलाल पहारीले बताए ।
दशैंको जमरा विर्सजन तथा मनोकाक्षा पुरा हुने धार्मिक विश्वासले गर्दा कोजाग्रत पुर्णिमाको दिनमा यस बर्ष सङख्याका हिसावले कम भए पनि काठमाण्डौं, चितवन, धरान, भैरहवा लगायतको क्षेत्रबाट सेमत दर्शनार्थीहरुको सहभागिता रहेको पहारीले दाबी गरे । उनका अनुसार गत बर्ष करीब ३० हजार जसो दर्शनार्थीहरुले ताल वराही मन्दीरमा दर्शन गर्न पुगेका थिए भने यस बर्ष करीब १० हजार जना दर्शनार्थीहरुले दर्शन गरेका छन । ३ सय ६५ दिन मध्य कोजाग्रत पुर्णिमाको दिनमा दर्शनार्थीहरुले चढाएको भेटी भने समितिले राख्ने गर्दछ ।
यस बर्ष भेटीबाट मात्र करीब १५ हजार र चन्दा संकलनबाट ७० हजार आर्थिक संकलन भएको पुर्व उपाध्यक्ष पहारीले जनाए । अन्य दिनमा दर्शनार्थीहरुले मन्दीरमा चढाएको भेटि भने पुजारीलाई प्रदान गर्ने गरीन्छ । गत बर्ष भेटिबाट मात्रै ५४ हजार संकलन भएको थियो । पेट्रोलियम पदार्थ अभाव भए पछि दर्शन गर्नेहरुको सङख्यामा यस बर्ष कमि भएको हो । अघिल्ला बर्षमा ताल वराही मन्दीरमा दर्शन गर्न ३÷४ घण्टा लाईनमा वस्नु पर्ने भए पनि यस बर्ष भने एक घण्टामै दर्शन गर्ने पालो आएको एक दर्शनार्थी सानु जोजिजूले बताईन ।
अघिल्लो बर्षको तुलनामा यस बर्ष करीब ६० प्रतिशतले दर्शनार्थीहरु कम आएको फेवा डुंगा व्यावसायी संगठनका उपाध्यक्ष कृष्ण गिरीले बताए । उनले भने “अघिल्ला कोजाग्रतपुर्णिमाको दिनमा दर्शनार्थीहरुको भिडभाडले हामीलाई खाना खाने पनि फुर्सद हुने थिएन भने यस बर्ष खासै दर्शनार्थीहरुको भिडभाड भएन । ” गत बर्ष १० सिटे छत्रे डुंगाबाट ७ सय भन्दा बढी क्युबाट दर्शनार्थीहरुलाई वारपार गरीएको थियो भने यस बर्ष त्यो सङख्या ह्वात्तै घटेको समितिले जनाएको छ । तालवाराही मन्दीरमा भक्तहरुलाई आवातजावत गराउन डुंगा व्यवसायीहरु कोजाग्रत पुर्णिमाको दिनमा विहानै देखि खटिएका थिए । संगठनले मन्दीरमा पु¥याएको प्रति व्यक्ति ६० रुपैया शुल्क लिएको थियो । मन्दीर जादा पनि लाईफ ज्याकेट अनिवार्य गरीएको छ ।
तालवराही मन्दिरमा जाने दर्शनार्थीहरुलाई लक्षित गरी बाराही घाट परिसरमा एक दिने पुर्णिमा मेला समेत लागेको थियो । मेलामा पुजाका सरसामान, लक्ता कपडा तथा सजावटका सामान, दैनिक उपभोग्य बस्तु विक्रि वितरण भएको थियो । यसबर्ष पेट्रोलियम पदार्थ अभाव भएकोले सवारी साधनहरु समेत कम मात्रमा संचालन भएकोले ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न खासै समस्या देखिएन ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution