पोखरा ,२० मंसिर-
पर्यटकीय नगरी पोखरामा छैठौ संस्करणको पोखरा महोत्सव २०७२ हुने भएको छ ।
पोखरा अम्मरसिंहचोकमा रहेको युनाइटेड क्लवको आयोजनामा छैटौ संस्करणको उक्त महोत्सव हुने भएको क्लवका अध्यक्ष हिमालय बख्रेलले वताए । उनले भने “देशमा नाकाबन्दीको बावजुद हामी पोखरा महोत्सव गर्ने तयारीमा जुटेका छौं, प्रतिक्लतामा अनुकुल बनाउने उद्धेश्यले पनि उक्त प्रतियोगितालाई हामीले निरन्तरता दिलन लागेका हौं ।”
युवाको जांगर राष्ट्र निर्माणको आधार भन्ने मुल नाराका साथ स्थापना भइ पोखरामा नयाँ पर्यटकिय गन्तब्य स्थान चिडियाखाना निर्माण गर्ने उद्देश्यका साथ अगाडी वढिरहेको पोखरा महोत्सवलाई निरन्तरता दिने भएको हो । शनिवार सम्पन्न क्लवको पांचौ साधारण सभाले नाकाबन्दीको बावजुद पनि उक्त महोत्सव पुस ३० देखि माघ १० गते सम्म आयोजना गर्ने निर्णय गरेको हो । मुलुकमा नाकाबन्दीले जनजिवन कष्ट भइरहदा भारतद्धारा आयोजित नाकाबन्दीलाई सामना गर्दै आफुहरुको महोत्सवलाई निरन्तरता दिने निर्णय गरेको बख्रेलले वताए । पर्यटन प्रवद्र्धन संगै सामाजिक सेवामा लागी परेकाले आफुहरुले नाकावन्दीका बावजुद पनि महोत्सवलाई सफल बनाएरै छाड्ने बख्रेलले दावी गरे ।
साधारण सभामा वोल्दै प्रभु बैंक अमरसिंह शाखाका प्रवन्धक दीपेन्द्र रावलले युनाइटेड क्लव छोटो समयमा पोखरामा नाम कमाउन सफल भएको वताउदै पोखरा महोत्सवको छैठौ संस्करणमा आफुहरुले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय सदस्य चोलेन्द्र पौडेल, अमरसिंह महिला समुहकी अध्यक्ष सविता रंजीत श्रेष्ठ, राप्रपा नेपालका क्षेत्रिय संयोजक गीता गुरुङ, समाज सेवी सिद्धी बहादुर श्रेष्ठ लगायतले महोत्सव सफल पार्न सवैले सक्दो सहयोग गर्नु पर्नेमा जोड दिएका थिए । लेखनाथको पचभैयामा चिडियाखाना निमाार्णको लागि क्लवकै पहलमा केहि समय अघि शिलन्यास समेत भएको छ । पचभैया सामुदायिक बन उपभोक्ता समुहको करीब ८३ हेक्टर र चैनपुर सामुदायिक बन उपभोक्ता समुहको करीब ४० हेक्टर वनमा उक्त चिडियाखाना स्थपनाको लागि प्रारम्भीक अध्ययन समेत भई सकेको बख्रेलले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution