स्थानीयहरुको लगानीमा रिसोर्ट संचालनमा

पोखरा, २१ मंसिर-
पोखराको बजार नजिकै रहेको पोखरा–२४ मट्टीखानमा “मट्टीखान माउण्टेन भ्यू रिसोर्ट ” हालै संचालनमा आएको छ । ग्रामिण पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले स्थानीयहरुको लगानीमा उक्त रिसोर्ट संचालनमा ल्याएको रिसोर्टका प्रवन्ध निर्देशक अर्जुन पोखरेलले बताए । उनले भने “आफु जन्मेको गाँउ ठाँउको विकासको लागि हामी युवा तथा व्यावसायीहरुको लगानीमा उक्त रिसोर्ट संचालना ल्याएका हौं । ”

resortt2

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

स्थानीय युवा उद्यमी तथा एनआरएन याम पौडेल सहितको टोलीद्धारा ५ करोडको लागतमा उक्त रिसोर्ट संचालनमा आएको उनले बताए । उनका अनुसार स्थानीय उत्पादनलाई प्रथामिकता दिने गरी नेपाली टिपिकल अर्गानीक खाना उपलब्ध गराउने भएको छ । उक्त रिसोर्टले नाफाको करीब १० प्रतिशत जसो सामाजिक क्षेत्रमा खर्चने भएको प्रवन्ध निर्देशक पोखरेलले बताए । २६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त रिसोर्टमा हाल स्थानीय ५ सहित ६ जनाले रोजगार पाएका छन ।

दृश्यावलोकनको दृष्टीले निकै रमणिय स्थल मट्टीखानसम्म पुग्न पोखरा एयरपोर्टबाट ८ किलोमिटर पश्चिम दक्षिणमा पर्दछ । पहिलो चरणमा १० वटा रुमबाट सेवा सुरु भएको रिसोर्टमा एक रातको विदेशीलाई ५ हजार र नेपालीलाई ३ हजार शुल्कः तोकिएको उनले जनाए । उक्त रिसोर्टबाट उदाउदो र अस्ताउदो सुर्यको अवलोकन, माछापुछ्रे, अन्नपूर्ण, धौलागिरी लगायतका हिमश्रृखला सहित कास्कीका छिमेकी धेरै जिल्लाहरु देख्न सकिने प्रवन्ध निर्देशक पोखरेले बताए । उक्त रिसोर्ट नजिकै भ्यू टावर कालीकाकोट, गोर्खा स्मारक म्युजिएम, ऐतिहासिक नुवाकोट दरवार लगायतका ऐतिहासिक तथा पर्यटकीय दृष्टीले निकै महत्वपुर्ण बस्तुहरु रहेकोले उक्त रिसोर्टले बिदाको छुट्टी मनाउने मध्यम बर्गका पर्यटकहरुलाई बढी दक्षित गरीएको उनले जनाए ।

भूकम्प त्यस पछि पछिल्लो तीन महिना देखि मधेष तराई आन्दोलन र भारतले नेपाल माथि गरेको नाकावन्दीको कारणले गर्दा औपचारीक उद्घाटन नभए पनि रिसोर्टको सेवा संचालन गर्दै आएको पोखरेलले जनाए । पिक्निक स्पर्ट समेत रहेकोले उक्त क्षेत्रबाट पोखरा, हिमश्रृखला, कास्कीका छिमेकी जिल्ला सहित १३ जिल्ला देख्न सकिने भएकोले दृश्यावलोकनको दृष्टीले मट्टीखान झनै रमणिय स्थल रहेको उनको दाबी छ । उक्त रिसोर्ट संचालनको करीब तीन महिनासम्म २० प्रतिशत छुट दिने भएको रिसोर्टका अध्यक्ष सोम गुरुङले बताए । उनले भने हामीले आफ्नै गाँउ ठाँउको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले यो रिसोर्ट संचालनमा ल्यायौं, फेरी पनि सवैको साथ र सहयोग पाएमा पुनः दुई करोड थप गरी १० रुम थप्ने योजनामा छौं । ” पारिवारीक प्याकेज समेत रहेकोले पोखराबाट उक्त रिसोर्ट जान चाहाने पर्यटकलाई रिसोर्टले रिसोर्टसम्म पुराउने व्याबस्था समेत मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button