पोखरा, २४ मंसीर –
एकिकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियान लाग्दै आएका डाक्टर बाबुराम भट्टराईले आर्थिक समृद्धिको क्रान्तिलाई पुरा गर्न नयाँ युगमा नयाँ शक्ति इतिहासको आवश्यकता भएको बताएका छन । नयाँ शक्ति निर्माण अभियानले विहिबार पोखरामा आयोजना गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले भुमिगत भएर, जेल गएर, संघर्ष गरेर आर्थिक समृद्धिको क्रान्ति पुरा नहुने भन्दै त्यसको लागि आफुहरुले नयाँ शक्ति गठन गरी आर्थिक समृद्धिको क्रान्ति पुरा गर्न नयँ शक्तिको आवश्यकता भएको दाबी गरेका हुन ।
पुर्व प्रधानमन्त्री समेत रहेका डाक्टर भट्टराईले भने “जनयूद्ध, जनआन्दोलन, मधेश, थारुहट, जनजाति लगायतको आन्दोलनले लोकतान्त्रिक क्रान्ति पुरा भएको छ, ‘राजनीतिक छानो बदलिय पनि देशको आर्थिक आधार बदलिएको छैन, त्यसको लागि नयाँ ढंगले आर्थिक समृद्धि आवश्यक छ, नयाँ सोच विचार आवश्यक छ । ” पूँजीवादी जग निर्माण नगरी समाजवाद निर्माण गर्न नसकिने बताउदै उनले आर्थिक विकासलाई जोड दिने गरी भौतिकवादी सोंचबाट अगाडि बढ्नु पर्ने जनाए । नयाँ शक्ति एनजिओ नभएर पार्टी र दल नै भएको बताउदै डाक्टर भट्टराईले ७५ वर्ष लामो संघर्षपछि सामान्तवादको अन्त्य भएर देश पूँजीवादमा प्रवेश गरेको बताए । पुँजीवादमा टेकेर समाजवादतर्फ अगाडि बढ्न नयाँ शक्तिको खाँचो भएको उनको भनाई थियो ।
नयाँ शक्तिले विशेष गरी पाँच ‘स’, समता मुलक समृद्धि, समावेशी समानुपातिक सहभागितामुलक लोकतन्त्र, स्वाधिनता र सार्वभौमिकता, शुशासन र सदाचार, समृद्ध समाजवादलाई राजनीतिक कार्यदिशा बनाउने उनले बताए । हिजोको सोंच र संगठनको ढाचाले देशलाई समृद्ध बनाउन नसकिने बताउँदै उनले माक्र्सवादको गुदीकुरोलाई समेटेर युग अनुसार त्यसलाई परिर्वतन गरेर उत्पादक शक्तिको विकास गर्न आफु लागि परेको जनाए ।
नयाँ संविधान घोषणा भए लगत्तै एकिकृत नेकपा माओवादी परित्याग गरेका भट्टराईले माओवादी, खाओवादीमा परिणत भएको आरोप लगाए । एमाआोबादीको नेतृत्वमा आर्थिक क्रान्तिलाई पुरा गर्न नसकिने देखेरे नै नयाँ शक्ति निर्माणमा आफु लागेको उनले जनाए । पुष्पकमल दाहाल प्रचण्ड नयाँ शासक वर्गमा परिणत भएको उनको आरोप छ । पुष्प, कमल र ओलीको अपवित्र गठबन्धनले देशलाई निकास दिन नसक्ने उनले दाबी गरे । आर्य खस, थारु मधेशी र जनजातिलाई समान अधिकार दिनुपर्ने बताउँदै मधेशीले उठाएका जायजमागलाई पुरा गर्नुपर्ने डाक्टर भट्टराईको जोड थियो । सहमतिमा संघीयताको सिमांकन नगरी केही नेताको स्वार्थ अनुसार सिमांकन गर्दा समस्या उत्पन्न भएको उनको भनाई छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution