शनिबार बिदाको दिन पारेर सातौँ मिस पोखराका सहभागीहरुको घुमफिर

  • पोखरा न्यूज
  • २०७२ मंसिर २६
शनिबार बिदाको दिन पारेर सातौँ मिस पोखराका सहभागीहरुको घुमफिर

पोखरा, २६ मंसीर –

‘कोलगेट भिजिबल ह्वाईट मिस पोखरा’का सहभागी युवतीहरुले शनिबार बिदाको दिन पारेर घुमफिर गरेका छन् । घुमफिरसँगै उनीहरुले सामाजिक उत्तरदायित्वको हिसाबले सहयोगी हात पनि अगाडि बढाए ।

misspkr

शनिबार विहान विन्दबासिनी मन्दिरको दर्शनसँगै घुमफिरमा निस्केका २० जना सहभागी युवतीहरु सितापाईलास्थित वृद्धाश्रम पुगेर वृद्धवृद्धाहरुसँग सँयुक्त भोजन लिए । वृद्धवृद्धाहरुलाई आवश्यक विभिन्न सामाग्रीहरु वितरण गर्दै युवतीहरुले उनीहरुसँग करिब २ घण्टाको समय बिताए । सातौँ सँस्करणमा सहभागी युवतीहरु आएर माया गर्नुका साथै सँगै खानपिन गर्दा त्यहाँका वृद्धवृद्धाहरु निकै खुशि देखिन्थे ।

वृद्धवृद्धालाई सहयोग गर्नुका साथै उनीहरुलाई आत्मियता देखाएकोमा वृद्धाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले मिस पोखराका सहभागीहरु र आयोजकलाई धन्यवाद दिए । साथै उनले सम्पूर्ण प्रतिस्पर्धीहरुलाई सफलताको शुभकामना दिँदै आगामी दिनमा पनि सहयोगी भावना विकास गराउन आग्रह गरे ।

misspkr2

वृद्धाश्रमपछि मिस पोखराका प्रतिस्पर्धीहरु क्षेत्रीय एसओएस बालग्रामको अवलोकन गरे । त्यहाँका बालबालिकाहरुसँग केहि क्षण चिनजान कार्यक्रम भएपछि सहभागीहरुले बालबालिकाहरुको अवस्थाको बारेमा जानकारी लिएका थिए । बालबालिकाहरुको सँघर्ष र उनीहरुको अवस्था बुझ्दै गर्दा मिस पोखराका सहभागीहरु भावुक भएर आँशु समेत खसाले ।

क्षेत्रीय एसओएस बालग्रामका सँयोजक भगत श्रेष्ठले आयोजक पोखरा जेसिज, प्रतियोगिताको ब्यवस्थापक ईभेन्ट्स फर यू र सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

सोहि क्रममा पोखरा जेसिजका पुर्व अध्यक्ष छविलाल सुवेदी, महासचिव शालिकराम गिरी, प्रतियोगिताका सँयोजक किरण केसी, ईभेन्ट्स फर यूका अध्यक्ष विशाल गुरुङ लगाएतले सहभागीहरुलाई सहयोगी भावना जागृत गराउन यस्तो खाले कार्यक्रम गरेको बताएका थिए ।

कोलगेट ह्वाईट भिजिबल मिस पोखरा २०१५ को को–स्पोन्सरमा एब्सिका ईन्टरनेशनल एजुकेशन, सब स्पोन्सरमा ग्लोबल रिच एजुकेशन सर्भिसेज प्रा लि, स्पोन्सरमा कान्तिपुर डेन्टल हस्पिटल, चेरिष्मा ईम्पोरियम एण्ड बुटिक र प्रथम पुरस्कार स्पोन्सरमा ग्लोबल मोटर्स प्रालि रहेका छन् ।

मिस पोखराको सातौँ सँस्करणको विजेताले पुरस्कार स्वरुप पचास हजार नगद, एउटा स्कुटर र गोल्डेन क्राउन प्राप्त गर्नेछिन् । पोखराको हकमा सुन्दरी प्रतियोगिताको विजेतालाई गोल्डेन क्राउन पहिराउन लागिएको यो पहिलो पटक हो । त्यस्तै प्रतियोगिताको फस्ट रनर अपले ३० हजार रुपैयाँ र सेकेन्ड रनरअपले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । मिस पोखराको विजेताले विभिन्न खाले अवसरसँगै सोझै मिस नेपालमा सहभागिता समेत जनाउन पाउनेछिन् ।

मिस पोखराको सातौँ सँस्करणको लागि २३ लाख ३५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ । ईभेन्टबाट करिब २७ लाख रुपैयाँ आम्दानी गर्ने उसले लक्ष्य लिएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस