सरकार अब कृषकलाई पनि पेन्सन दिने तयारीमा

पोखरा, २७ मंसीर –

सरकारले अब कृषकलाई पनि पेन्सन दिने तयारी गरेको छ । कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन सरकारले कृषकलाई पेन्सन दिने तयारी गरेको कृषि मन्त्री हरिबोल गजुरेलले बताएका छन । क्रान्तिकारी पत्रकार संघ कास्कीले आज (आईतबार) पोखरामा आयोजना गरेकोे पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गजुरेलले अन्य पेशा जस्तै सम्मानजनक पेशाको रुपमा कृषिमा आत्मनिर्भर बनाउन कृषि पेशा गर्ने कृषकहरुलाई पेन्सन दिने व्यबस्था गर्न लागेको बताएका हुन

मन्त्री गजुरेलले पेन्सनको व्यवस्था गर्ने कोषमा कृषकले बार्षिक रुपमा केही रकम जम्मा गर्नुपर्ने र कृषकको वर्गिकरण गरेर पेन्सनको व्यवस्था गरिने बताए । मन्त्री गजुरेलले कृषि पेशा व्यावसायीक बन्न नसकेको कारणले गर्दा यसमा रुचि घट्दै गएकोले कृषि क्षेत्रमा लगातार २० वर्षसम्म लागेका कृषकहरुलाई सरकारले पेन्सनको व्यवस्था मिलाउन लागेको बताएका हुन । यसको लागि कृषकलाई सरकारले हरेक बर्ष प्रमाण पत्र दिने त्यसको आधारमा कृषकले नविकरण गर्दै विस बर्ष पुगे पछि पेन्सन दिने व्यवस्था मिलाउने उनले बताए । उनले भने “संविधान निर्माणसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ, तर हिजोको सोच, काम गर्ने शैली उही पुरानै, सामन्तवादी उत्पादनमा कृषि पेशा उपेक्षित बन्दै आएको छ, अव त्यसलाई मर्यादित र कृषकलाई प्रोत्साहन गर्न सरकारले पेन्सनको व्यवस्था गर्ने गृहकार्यलाई अगाडि बढाएको छ।”

कृषकलाई चार तहमा वर्गिकरण गरेर परिचय पत्र वितरण गर्ने सरकारले तयारी गरेको बताएका मन्त्री गजुरेलले थोरै लगानी गरेर धेरै प्रतिफल पाईने क्षेत्र कृषि नै भएको दाबी गरे । उनले भने “उत्पादनको साधन जमिन हामीसँग छदैछ, कृषकको पनि कमी छैन, कृषिकको विकास विना स्वाधिन अर्थतन्त्र सम्भवन छैन ।” दुई बर्षमा कृषि क्रान्ती गर्न सरकारले कृषिको सुधारको लागि २७ वुँदे प्रतिवद्धता पत्र जारी गरिसकेको उनले जनाए । गाउँ-गाउँमा कृषि प्राविधिक बस्ने वातारण मिलाउन पनि मन्त्रालयले गृह कार्य गरेको मन्त्री गजुरेलले बताए ।

सरकारले ३ हजार कृषि प्राविधिक नियुक्त गर्ने, जमिनको खण्डीकरण भइरहेकोले त्यसको वर्गिकरण गर्नका लागि नयाँ भु–उपयोग नीति सरकारले ल्याएको र त्यसलाई कार्यान्वयन तहमा लैजाने तयारी भइरहेको उनले बताए । एकिकृत नेकपा माओवादीका कोषाध्यक्ष समेत रहेका गजुरेलले पार्टीका ५-७ केही नेता र ४-५ मन्त्रीलाई कारवाही नगरेसम्म पार्टी सहिढंगबाट अगाडि बढ्न नसक्ने दाबी गरे । उनले भने “एमाओवादीलाई क्यान्सर जस्तै रोग लागेको छ, क्यान्सरको शल्यक्रिया नगरी रोग निको हुँदैन त्यस्तै पार्टी भित्रका रोगी व्यक्तिहरुको पनि
कार्रवाही नगरी हुदैन । ” भुकम्प पीडितलाई चीन भ्रमणमा नपठाई आफ्ना नजिकलाई पठाउने निर्णय गलत भएको र आगामि दिनमा त्यस्तो गल्ती दोहोरयाउन नहुने उनले बताए । गृहमन्त्री शक्ति बस्नेतल चिन भ्रमणमा पार्टी अध्यक्ष पुष्पकमल दाहालकी नातिनी र बस्नेतकै छोरीलाई पठाएपछि माओवादीमा हल्ली खल्ली नै मच्चिएको छ। क्रान्तिकारी पत्रकार संघ कास्कीका संयोजक त्रिभुवन पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button