नेष्डो नेपालद्वारा आयोजित सैद्धान्तिक तालिम सपथ ग्रहणका साथ सम्पन्न

पोखरा , ०७ पौष –

नेष्डो सुचना विभाग-राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालद्वारा आयोजित सेवा प्रवेश पुर्व आधारभुत सैद्धान्तिक तालिम नगर प्रशिक्षण केन्द्र पोखरामा मंगलवार सार्वजनिक सपथ ग्रहणका साथ सम्पन्न भएको छ ।

ATV NEPAL
Paragliding Pokhara
Pokhara Bungy

यस आर्थिक वर्षको अन्त्यसम्म संस्थाको लघु वित्तीय सेवामा ८० हजार विपन्न घरधुरीको पँहुच पु¥याउने लक्ष्यलाई पुरा गर्न छनौट गरिएका ९ जना शाखा प्रवन्धक तथा ४७ जना केन्द्र प्रवन्धक गरी कुल ५६ जना नवनियुक्त कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यले सो तालिम आयोजना गरिएको थियो ।

nesdo

तालिम समापनका अवसरमा संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले नवनियुक्त कर्मचारीहरुलाई प्रज्वलित दिप हातमा लिई पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो । कर्मचारी सपथ पश्चात नवनियुक्त कर्मचारीलाई नियुक्ती समेत वितरण गरिएको थियो । सो अवसरमा सम्पूर्ण कर्मचारीहरुले सामुहिक रुपमा संस्थाले लिएको लक्ष्यलाई पुरा गर्न आँफूहरु लागि पर्ने प्रतिवद्धता व्यक्त गरेको थिए ।

तालिम समापन कार्यक्रममा वोल्दै सामाजिक व्यक्तित्व सोभियत वहादुर अधिकारीले जनताको नाममा भाषण गर्नेहरुको कमी नरहेको भन्दै नेष्डो नेपालले आफ्नो लक्ष्य र उदेश्य अनुरुप व्यवहार गर्ने गरेको वताउनु भयो । उहाँले वैंक तथा वित्तीय संस्थाहरु नाफामुखी मात्र हुन्छन भन्ने वुझाई रहेकोमा लघु वित्त संस्थाहरुले नाफालाई भन्दा विपन्न वर्गको आर्थिक, सामाजिक विकासमा उल्लेख्इ योगदान पु¥याएको वताउनु भयो । कार्यक्रममा जिल्ला विकास समिति कास्कीका स्थानीय विकास अधिकारी रामचन्द्र तिवारीले राष्ट्रको विकासमा संघसंस्थाको भुमिका सह्रानीय रहेको वताउदै सरकारी निकायसंगको समन्वय र शहकार्यले गरिवी न्यूनिकरणको अभियान थप प्रभावकारी हुनेमा जोड दिनु भयो । उहाँले २० वर्ष पहिले पर्वत जिल्लामा जन्मेर पनि संस्थाले देशका १५ जिल्लाका ६५ हजार विपन्न परिवारको सम्वृद्धीमा टेवा पु¥याउनु प्रशंसानीय रहेको वताउनु भयो । यसै गरी कार्यक्रममा वोल्दै मुक्तीनाथ विकास वैंकका सञ्चालक चुडामणी कँडेलले वर्षेनी लाखौं युवाहरु विदेश पलायन हुने गरेको वताउदै नेष्डो नेपालले शिक्षित युवाहरुलाई रोजगारी र विपन्न परिवारलाई उद्यमशिलता र स्वरोजगारी सृजना गरी राष्ट्रको सम्वृद्धीमा टेवा पु¥याएको वताउनु भयो । कार्यक्रममा तालिमका सहभागी महेश पाठक, टिकाराम ढकाल, भगवति गायक लगायतले आँफू नेष्डो नेपालमा सेवा प्रवेश गरी गरिवी विरुद्ध समर्पित हुन पाएकोमा खुशी व्यक्त गर्दै संस्थाको लक्ष्यलाई पुरा गर्न लागि पर्ने वताउनु भएको थियो । कार्यक्रममा संस्थाका शाखाका प्रवन्धक सुक वहादुर पुन, केन्द प्रवन्धक अनिता सोती, सुमिना पुन, नविन थापा र तारा गुरुङ्गले नृत्य प्रदर्शन गर्नु भएको थियो ।

पाँच दिने उक्त तालिम अवधीमा लघु वित्त सम्वन्धि विषयवस्तुका साथै हरेक दिन विभिन्न अतिरिक्त क्रियाकलापहरु समेत अयोजना गरिएको थियो । तालिमको दोश्रो दिन शान्ति र विकासका लागि पदयात्रा, तेश्रो दिन विन्ध्यावासिनी मन्दिर दर्शन, मन्दिर परिसर सरसफाई एवम् असाह्य जेष्ठ नागरीकहरुलाई फलफुल वितरण गरिएको थियो । यसै गरी तालिमको चौंथो दिन पहाड र मधेसका सहभागी विच सदभावना दौड प्रतियोगिता आयोजना गरिएको थियो । दौड प्रतियोगितामा पुरुष तर्फ मधेस तर्फका महेश पाठक र महिला तर्फ पहाडकी संगिता वि.क. प्रथम हुनु भएको थियो । तालिममा अन्तर समूह विषयगत हाजिरी जवाफ प्रतियोगितामा रामजानकी समूह प्रथम भएको थियो । समारोहमा प्रतियोगितामा विजयी सहभागीलाई पुरस्कार वितरण गरिएको थियो । समारोहमा तालिम अवधीभर कार्यालयमा रही सफल कार्य व्यवस्थापन गर्नु भएकोमा प्रशासन प्रमुख सावित्री खत्री क्षेत्री, वित्त अधिकृत दुर्गा शर्मा, गुमिसरा राना, तालिम सहजीकरणमा योगदान गर्नु भएकोमा विश्ववन्धु प्रसाई, लक्ष्मी मेधासी, वद्री मिश्र, युधिष्ठिर भुषाल, नारायण प्रसाई, उत्तम अधिकारी, इन्द्र खत्री क्षेत्री, इश्वरी शर्मा, ओम्ना क्षेत्री, तालिमका व्यायम संयोजक चन्द्रप्रकाश पौडेल, चार्टर एकाउण्टेन्ट सागर आचार्य, अशोक शर्मा, आजीवन सदस्य कृष्ण प्रसाद जमरकट्टेल, संस्थापक शेयर धनि नविन भण्डारीका साथै कलाकारहरुलाई समेतलाई सस्थागत आन्तरीक सम्मान गरिएको थियो ।

तालिम समापन तथा सपथ ग्रहण कार्यक्रम संस्था सञ्चालक समितिका अध्यक्ष रत्न प्रसाद अधिकारीको अध्यक्षता, कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईको स्वागत, प्रशासकिय अधिकृत इन्द्र खत्री क्षेत्रीको संस्थागत प्रतिज्ञा एवम् सामुदायिक रेडियो सम्वृद्ध नेपालका स्टेशन प्रमुख ओम्ना क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

नवनियुक्त कर्मचारीहरु मंगलवार ८ महिने व्यवहारीक प्रशिक्षण अवधीको विस्तृत कार्ययोजना तर्जुमा गरी तोकिएको कार्यक्षेत्र तर्फ लाग्ने सस्थाका मानव शंसाधन विकास प्रमुख लक्ष्मी कुमारी मेधासीले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button