हेल्पफूल ह्याण्डको रक्तदानमा ७५ यूनिट रगत शंकलन

पोखरा, ०९ पौष –
लायन्स क्लब अफ पोखरा हेल्पफूल ह्याण्डको आयोजनामा विहिबार पोखराको अमरसिंह चौरमा अयोजित रक्तदान कार्यक्रममा ७५ यूनिट रगत शंकलन भएको छ ।
क्लबले जारी राखेको सेती बचाउ अभियानका अभियन्ता एवं समाजसेवी डा कृष्ण केसीले क्लबका अध्यक्ष डिवि विश्वकर्मालाई ब्लडव्याग हस्तान्तरण गरी रक्तदानको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा रक्तसञ्चार केन्द्र पोखराका प्रमुख महेन्द्र केसी, क्लबका रक्तदान अध्यक्ष किशोर बराल र ४५औँ पटक रक्तदान गर्नुभएका रक्तदाता तिर्थराज अवस्थीले रक्तदानको महत्वबारे प्रकास पार्नुभएको थियो ।
‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा स्थानीयहरुको निकै ठूलो सहयोग रहेको क्लबका अध्यक्ष डि वि विश्वकर्माले जानकारी दिनुभयो ।
क्लबका प्रथम उपाध्यक्ष अमृत प्रसाद तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ हेल्पफूल ह्याण्डका सचिव लायन नर्बु योल्मोले गर्नुभएको थियो ।

नोटः फोटो छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button