कास्कीमा निसासिएर मृत्यु भएको घटना सेलाउन नपाउदै अर्को घटना दोहोरीयो

  • पोखरा न्यूज
  • २०७२ पौष १५
कास्कीमा निसासिएर मृत्यु भएको घटना सेलाउन नपाउदै अर्को घटना दोहोरीयो

पोखरा, १५ पौष –

कास्कीमा तीन दिन अघि मात्र धुवाले निसासियर दुईको मृत्यु भएको घटना सेलाउन नपाउदै पुनः अर्को घटना दोहोरीएको छ । लेखनाथमा तीन दिन अघि धुवाले निसासिदा बाबु छोराको मृत्यु भएको थियो भने आज राति पोखराको चाउथेमा आगोको धुवाले निसासिएर एकै परिवारका ३ जना सहित ४ जनाको मृत्यु भएको छ ।

मृतु

राती सुतेको अवस्थामा घरको बैठक कोठामा एक्कासि आगो लागी भएको कारणले गर्दा बैठक कोठा भन्दा माथिको कोठामा आगोको धुवाले निसासिन पुग्दा ४ जनाको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख हरीबहादुर पालले बताए । उक्त घटना बिद्युत सर्ट भएर वा मैन वैत्तिबाट आगो बैठक कोठामा लागेको हुन सक्ने उनले बताए । माथिल्लो फ्ल्याटमा बसेका सबैको मृत्यू भएपनि तल्लो फ्ल्याटका सबै सकुशल रहेका छन् ।

मृत्यू हुनेमा ३६ वर्षिया सिता राना मगर, उनका १२ वर्षिय छोरा हेमन्त राना, ७५ वर्षिया आमा गंगाकुमारी थाला मगर र सिताकी दिदीकी छोरी वसन्ती रानाको उक्त घटनामा परी मृत्यु भएको हो । सिताका श्रीमान बैदेशिक रोजगारीका शिलशिलामा ईजराईल रहेको बताईएको छ । घटना राती नै भए पनि स्थानियले विहान मात्रै थाहा पाएका थिए । विहान अबेरसम्म पनि परिवारका कोहिपनि नउठे पछि स्थानियले फ्ल्याटमा हेर्दा झ्याल र सिसाहरुमा कालो धुँवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । ढोका फोडेर हेर्दा उनीहरुको मृत्यू भइसकेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृतु ३

महिला तीनै जनाको शव ओछ्यानमा सुतेकै अवस्थामा भेटिएको र बालक हेमन्तको ढोका खोलेर बाहिर निस्केको अवस्थामा शव भेटिएको स्थानीयले बताए । निसासिएका बालक जेनेतेन बाहिर निस्केपनि फ्ल्याट बाट धुवा बाहिर जान नपाएको कारणले उनीहरुको मृत्यु भएको हो । आगलागिका कारण सोफाहरु जलेका छन् । मृतक भने नजलेको प्रहरीले जनाएको छ । घट्नाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ । कास्कीको लेखनाथ नगरपालिका वडा न. १२ गगनगौंडा बजारमा शनिवार राती भुसे चुल्हो बालेर ढोका झ्याल वन्द गरी आगो वालेर सुतेका गगनगौंडा बजारका ४२ बर्षिय इन्द्रप्रसाद अधिकारी र उनका ६ महिनाको छोरा अनमोल अधिकारीको मृत्यू भएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस