१७ औं पोखरा सडक महोत्सवको आज तेश्रो दिन

  • पोखरा न्यूज
  • २०७२ पौष १५
१७ औं पोखरा सडक महोत्सवको आज तेश्रो दिन

पोखरा, १५ पौष –

पर्यटकीय नगरी पोखरामा जारी १७ औं संस्करणको सडक महोत्सवको आज तेश्रो दिन बुधबार पनि विभिन्न जातजातिको झाँकी सहितको नृत्य सहित लोकदोहोरी र पप कन्र्सटमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती हुदैछ ।

पोखरा सडक महोत्सबका सांस्कृतिक संयोजक चौबहादुर गुरुङका अनुसार आज तिव्वतियन क्याम्पको याक डान्स, मगर जातिको कौडा नृत्य, नेवारी समुदायको तायाः मचाः नृत्य, स्कोन नेपालको भजनकृतन समेत हुने भएको छ । उक्त कार्यक्रम वसुन्धरापार्क देखि लेकसाईडको करीब साँढे ३ किलोमिटर क्षेत्रमा प्रस्तुतःहुदै छ ।

दोहोरी संयोजक भिमसेन भुजेलका अनुसार आज बद्री पंगेनी, उमा गिरी, पार्वती जिसी लगायतका स्थानीय कलाकारको प्रस्तुती रहने भएको छ। पशुपति शर्मा, सर्मिला गुरुङ लगायता गायक तथा हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), शिवहरी पौडेल लगायतका कलाकारहरुको प्रस्तुती रहने भएको छ । प्रजापति पराजुलीको संचालनमा उक्त दोहोरी कार्यक्रम संचालन हुदै आएको छ । भोलि विहिबार भने राष्ट्रिय गायक पशुपति शर्मा, सम्झना लामिछाने मगर, हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे), शिवहरी पौडेल लगायतका कलाकारहरुको प्रस्तुती रहने भएको प्रजापति पराजुलीले बताए ।

ईभेन्ट म्यानेजमेन्ट संयोजक श्रीराम गिरीका अनुसार वसुन्धरापार्कमा आज सविन राई सहितका स्थानीय कलाकारको बेजोड प्रस्तुतीः रहने भएको छ । विहिबार भने दार्जलीङबाट आएका विपुल क्षेत्री, नेपालका चर्चीत व्याण्ड अनुप्रस्ता, मक्की ट्यापल लगायतको प्रस्तुती रहने भएको गिरीले जनाए । खेल संयोजक हरी भुजेलका अनुसार आज गौरीघाटमा रस्साकसी प्रतियोगिता हुदैछ । विजेतालाई १० हजार उपविजेतालाई ७ र तेश्रो स्थान हासिल गर्नेलाई ५ हजार प्रदान गरीने भएको छ ।

अग्रेंजी नयाँ बर्षको अवसर आन्तरीक तथा बाह्यि पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजना भएको महोत्सवमा मनोरन्जनात्मक वाल उद्यान समेत रहेको छ । विसम परिस्थितीका बावजुत पनि आयोजना भएको सडक महोत्सवलाई सफल पार्न महोत्सव संयोजक दोर्जे लामाले सवैमा आग्रह गरेका छन । “सडकमै खाऔ, सकडमै नाचौ, सडकमै रमाऔ” भन्ने नारा सहित आयोजना भएको सडक महोत्सवमा विहान देखि चहल पहल सुरु भएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

१६ घण्टा अघि

गाई पूजा आजै

खोजी गर्नुहोस