पोखरा, १८ पौष –
लोक दोहोरी गायक सुरज लामिछानेको तेस्रो एल्बम ‘भेटिएन कतै’ शनिबार पोखरामा विमोचन भएको छ ।
एल्बमको विमोचन पोखराको त्रिवेणीसंगीतालयमा आयोजित कार्यक्रममा संगीतकर्मी नवराज बराल र पदमराज ढकालले संयुक्त रुपमा गरेका हुन् । सुरज लामिछाने र सम्झना मगरको आवाज रहेको यो एल्बममा समावेश गीतको शब्द तथां लय संकलन निश्चल दवाडिले गरेका हुन् । हमाल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको एल्बमको गीत सँगै भिडियो समेत सार्वजनिक गरिएको छ । शंकर विसिले निर्देशन गरेको भिडियोमा बाबुकृष्ण परियार र बबिता गुरुङको अभिनय रहेको छ । पोखरामा छायाकंन गरिएको भिडियोले दर्शक श्रोताको मन जित्नेमा गायक लामिछाने विश्वस्त छन् ।
औपचारीक रुपमा वि.स.२०६९ सालमा ‘चाहेर काल आउदो रहेनछ’ बोलको गीत रेर्कड गरी नेपाली साँगीतिक फाँटमा लामिछानेले डेब्यु गरेका हुन् । उनले एकल आवाज भरेको यस गीतमा शब्द र लय संकलनमा केशव घिमिरेले साथ दिएका थिए । भिडियो समेत उत्कृष्ट बनेको यस गीतले दर्शक श्रोतामाझ उनलाई परिचित गराएको थियो । २०७० मा तीजको एल्बम ‘खुशी हुँदै हुँदै, बजारमा ल्याएका उनलाई यो गीतको आवाजमा तारा उदासी र लक्ष्मी गौतमले साथ दिए । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति तनहुँको सदस्य समेत रहेका उनी पोखराको सामुदायिक रेडियो सुनौलो एफ एममा लोकदोहोरी गीत कार्यक्रम सञ्चालक पनि हुन् । मेला महोत्सव मात्र नभएर दोहोरीसाँझमा समेत आफ्नो प्रतिभा सुनाई लाखौँ लोक पारखी माझ परिचित उनी सफल लोकदोहोरी गायक बन्ने लक्ष्यका साथ अगाडि बढ्दैछन् । उनले सिर्जनाचोकमा रहेको विसौनी दोहोरी साँझमा हरेक साँझ आफ्नो प्रस्तुती राख्ने गर्दछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution