भलिबल खेलेर अष्ट्रेलियाबाट पहिरो पीडितलाई सहयोग

  • पोखरा न्यूज
  • २०७२ पौष २०
भलिबल खेलेर अष्ट्रेलियाबाट पहिरो पीडितलाई सहयोग

पोखरा, २० पौष –

बाढी पहिरोले विस्थापित भएका भदौरे तामागी र लुम्ले गाविसका पीडितहरुको पुर्नस्थापनाका लागि अष्ट्रेलियामा बस्दै आएका पुर्व राष्ट्रिय भलिबल खेलाडि राजकुमार अधिकारी र अर्जुन गुरुङले नगद सहयोग गरेका छन् । स्थानियस्तरमा उनीहरुले पठाएको रकमलाई पत्रकारहरु र राजनीतिक दलका केहि नेताहरु मिलेर पीडितलाई उपलब्ध गराए ।

rahat

सोमबार विहानै राहत वितरण सँयोजन टोलीले भदौरे तामागीको वडा नम्बर पाँच डुँडेफाँटमा पुगेर पहिरोबाट विस्थापित बनेका १६ परिवारलाई जनही नगद ११ हजार रुपैयाँ वितरण गरे । राहत वितरणको स्थानिय सँयोजन पत्रकारहरु भानु पराजुली, ईन्द्र पौडेल, बसन्त अधिकारी, सागरराज तिमिल्सिना र रेम बिकले गरेका थिए ।

साथमा पुर्व राज्यमन्त्री महादेव गुरुङ, पुर्व जिल्ला विकास समिति सदस्य हरि लामिछाने, नेविसंघ कास्कीका पुर्व सभापति लक्ष्मीप्रसाद पौडेल, युवा समाजसेवी अर्जुन न्यौपाने, पश्चिमाञ्चल खेलकुद विकास समितिका खगराज पौडेल लगाएत टोलीमा रहेका थिए । राहत वितरणसँगै उनीहरुले विस्थापितहरुको अवस्था पनि बुझेका थिए । साथै उनीहरुले स्थानिय राजनीतिक दलका प्रतिनीधिहरुलाई पुर्ननिर्माणका लागि अलिक बढि जोड दिन आग्रह गरे ।

त्यस्तै टोली मंगलबारै लुम्ले पुगेर पनि पहिरो पीडितहरुलाई नगद सहयोग गरेको थियो । टोलीले त्यहाँ पुगेर बाढी विस्थापितहरुको पुर्नस्थापनका लागि गठन गरिएको समितिलाई नगद १ लाख ७७ हजार रुपैयाँ हस्तान्तरण गरेको थियो । पुर्वराज्यमन्त्री महादेव गुरुङले पुर्नस्थापना समितिका अध्यक्ष रामबहादुर गुरुङलाई रकम हस्तान्तरण गरेका थिए ।

लुम्लेमा सहयोग गर्न अगाडिको टोलीसँगै कवि तीर्थ श्रेष्ठ, पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्षद्वय कृष्ण बाँस्तोला, पुण्य पौडेल, नेपाली काँग्रेसका क्षेत्रीय सभापति आईबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार राजबहादुर गुरुङ समेत सहभागी भएका थिए । लुम्लेमा सहयोग वितरण गरिरहँदा स्थानियबासीहरुले धन्यबाद प्रकट गरेका थिए ।

अष्ट्रेलियामा सहयोग उठाउने राजकुमार अधिकारी पुर्व काँग्रेस नेता पनि हुन् । उनी भदौरे तामागीकै हुन् । अष्ट्रेलियामा रहँदै आएका उनले ‘भलिबल प्रतियोगिता च्यारिटि’ गरेर सो रकम उठाएका थिए । सहयोग उठाउन उनलाई अर्जुन गुरुङले विशेष साथ दिएका थिए । अर्जुन पनि भलिबल खेलाडि नै हुन् ।

आफ्नो ठाऊँमा समस्या आउँदा केहि सहयोग गरौँ भन्ने उद्देश्यले उनले अष्ट्रेलियामा उठाएको सहयोग पठाएका हुन् । आगामी दिनमा पनि गाऊँको लागि सहयोग गरिरहने उनले त्यहाँबाट बताएका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

१७ घण्टा अघि

गाई पूजा आजै

खोजी गर्नुहोस