एशियन फोरमद्धारा होमस्टे सञ्चालक समितिलाई सहयोग

  • पोखरा न्यूज
  • २०७२ पौष २२
Post Thumbnail

पोखरा, २२ पौष – 

पोखरा उपमहानगरपालिका वडा नं. २५ पुम्दी भुम्दी कालाबाङ्ग घरेडीमा होमस्टे सञ्चालक समितिलाई बुधवार एक कार्यक्रमका विच एशियन फोरमद्धारा सहयोग हस्तान्तरण गरिएको छ ।

homestay 1

युरोपियन युनियन र स्वीस डेभलप्मेण्ट कोअपरेशनको आर्थिक सहयोगमा यू एन डि पि को नेतृत्वमा एशियन फोरमको साझेदारीमा विगत दश महिना अघिदेखि सञ्चालित होमस्टे व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर गुरुङलाई कालाबाङ्गमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वडा नं. २५ का वडाअध्यक्ष रामप्रसाद पौडेल, एशियन फोरमका अध्यक्ष निरज थापा र जेएमडिआईका फोकल पर्सन महेन्दु चेम्जोङले सहयोग सामग्री हस्तान्तरण गर्नुभएको हो ।

कालाबाङ्ग घरेडीमा १८ घरमा सञ्चालित होमस्टेलाई व्यवस्थापनमा सहयोग पुर्याउने उद्धेश्यले १८ सेट विस्तरा, शौचालय तथा स्नान कक्षका लागि सिमेण्ट, जस्तापाता, पाइप, पाहुना घरमा आवाश्यक ह्यांगर, वास बेसिन, ऐना, टावेल, नेल कटर लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वडा नं. २५ का वडा सचिव रामप्रसाद पौडेलले घरबास कार्यक्रमलाई उद्धेश्यमुलक र व्यवस्थित बनाउनका लागि आवाश्यक श्रोत र साधनका लागि स्थानीयकै पहल जरुरी रहेको बताउनुभयो । अन्य संघ संस्थाको सहयोगकै भर भन्दा पनि घरबास सञ्चालकहरु स्थानीय निकाय, पर्यटनसँग संवन्धित संघ संस्था, नेपाल सरकार लगायतसँग पहल गरी योजना स्विकृत गराउन सुझाव दिनुहुदै आफुले सक्दो सहयोगगर्ने बताउनुभयो ।

एशियन फोरमका अध्यक्ष निरज थापाले घरबास कार्यक्रमका लागि कालाबाङ्ग घरेडी अत्यन्तै संभावना भएको गाँउ, स्थनीयको लगनशीलता, इमान्दारीताका कारण होमस्टे(घरबास) परियोजनाका लागि आफुहरुले साथ दिएको बताउनु भयो । उहाँले भन्नुभयो होमस्टेलाई व्यवस्थित बनाउनका लागि पर्यटनविद, संवन्धित निकाय, नेपाल सरकारसँग स्थानीयले समन्वय गर्न आवाश्यक छ, हामी सक्दो सहयोग गछौं । अध्यक्ष थापाले भन्नुभयो, केही दिन अघि नेपालकै उत्कृष्ट होमस्टे लमजुङ्गको काउलेपानी होमस्टेको अवलोकन भ्रमण गर्यौं, अब कालाबाङ्ग पनि उत्कृष्ट घोषित हुन पहल गर्नुपर्दछ ।

अर्का वक्ता फोकल पर्सन महेन्दु नेम्बाङ्गले जेएमआइडीको होस्ट परियोजना अन्र्तगतको एकवर्षे कार्यवधि समापन हुन लागे पनि आफुहरुको तर्फबाट कालाबाङ घरेडी होमस्टेका लागि सक्दो सहयोग गर्ने बताउनुभयो । होमस्टेका लागि सिडमोनी १२ लाख उपलब्ध, तालिमहरु, अवलोकन, अध्ययन भ्रमण, निर्माण र व्यवस्थापनका लागि सामग्रीहरु सहयोग गरेका छौं, घरबास सञ्चालकहरु पहल गर्नु हामी साथ छौं भन्दै चेम्जोङ्गले प्रोत्साहित गर्नुभयो ।

कालबाङ्ग घरेडी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षता उपाध्यक्ष प्रकाशचन्द्र गुरुङको स्वागत र सचिव यामबहादुर गुरुङको संचालनका कार्यक्रम भएको थियो भने होस्ट प्रोजेक्टका कास्की इञ्चार्ज राजु राईले सहयोग सामग्रीका बारेमा जानकारी गराउनुभएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस