पोखरा, २७ पौष –
स्थनीयलाई सकरात्मक सोच र बोल्ने कलाको विकासको लागि पोखरा–२१, काहुँमा चार दिने तालिम शुरु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी काहुँ उपशाखाको आयोजनामा शुरु कार्यक्रमको रेडक्रस कास्कीका मन्त्री कृष्ण तिमील्सिनाले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले विद्यमान अवस्थामा सकारात्मक सोच र बोल्ने कलाको महत्व झन बढ्दै गएको बताउनुभयो ।
काहुँ उपशाखाका सभापति कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपशाखाका संस्थापक सभापति एवम् कास्की शाखाका सदस्य इश्वरीप्रसाद आचार्य, पोखरा उपमहानगरपालिका वाड नं. २१ का सचिव कविन्द्र कुँवर, उपाशाखाका सचिव इन्दिरा आचार्य लगायतले बोल्नुभएको थियो ।
रेडक्रस अभियान र सकारात्मक सोचबारे कृष्ण तिमील्सिना र उद्घोषण कलासम्बन्धी पत्रकार राजन उपाध्यायले सहजिकरण गर्नुहुने छ । तालिममा रेडक्रस र टोल विकास संस्थाका गरी २५ जनाको सहभागिता रहेको छ । लैङ्गिक तथा समावेशीकरण समितिको व्यवस्थापनमा भएको तालिम बुधवार सकिने छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution