कमिकमजोरीलाई अर्को पटक सच्याउने वाचा गर्दै सडक महोत्सवको समिक्षा बैठक सम्पन्न

  • पोखरा न्यूज
  • २०७२ माघ ३
कमिकमजोरीलाई अर्को पटक सच्याउने वाचा गर्दै सडक महोत्सवको समिक्षा बैठक सम्पन्न

माघ ३,पोखरा-
रेवान पोखराद्वारा आयोजित १७ औं पोखरा सडक महोत्सवको समिक्षात्मक एवं विश्लेशणात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । कास्कीको घाचोकस्थित म भिलेज रिसोर्टमा सम्पन्न कार्यक्रमका सहभागिहरुले महोत्सव मुलुकको विषम परिस्थितीमा आयोजना गरिएपनि समग्रमा महोत्सव सफल भएको दावी गरे । साथै उनीहरुले महोत्सवमा देखिएका केहि कमिकमजोरिहरु पनि औल्याए । साथै आयोजकले आउँदा वर्षहरुमा त्यस्ता कमजोरीहरु सच्याउँदै लगे आउँदा महोत्सवहरु अझै सफल हुने सुझाव पनि दिए ।

कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले भारतिय नाकाबन्दिका कारण नेपालमा हुने ठूल्ठूला कार्यक्रमहरु रोकिएपनि सडक महोत्सवको सफलताले अरुलाई पनि पाठ सिकाएको बताए । ‘सबैको सहयोग र सहकार्य भए कार्यक्रम सफल हुँदो रहेछ भन्ने उदाहरण १७ औं सडक महोत्सव हो’–थापाले भने । त्यस्तै पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले सडक महोत्सवले पोखराको शाख माथि ल्याएको बताए । यसले पोखराको आर्थिक पक्षलाई पनि ठूलो सघाउ पु¥याएको भन्दै किशोरावस्थामा पुगेको महोत्सव सफल पार्न आउँदा दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

reban samikshya baithak

पोखरा पर्यटन परिषद्का महासचिव रामु गौतमले नयाँ वर्षको स्वागतका लागि लेकसाइडको सडकमा मानव खोलो बग्ने गरेको बताउँदै यसले साँच्चैनै अंग्रेजी नयाँ वर्ष ‘डेष्टिनेशन पोखरा’ बनाउन मद्धत पु¥याएको बताए । टान क्षेत्रिय संघ पोखराका अध्यक्ष रामचन्द्र शर्माले नेपालकै ठूलो महोत्सवका रुपमा स्थापित सडक महोत्सवमा ‘होम स्टे’ प्रचारको कार्यक्रम पनि राखिए यसले ग्रामिण पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्नेमा जोड दिए । महोत्सवमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नमस्ते हस्पिटलका तर्फबाट बोल्दै डा।मानबहादुर गुरुङ्गले आगामी दिनमा पनि स्वास्थ्य सेवा दिन हस्पिटल तत्पर रहेको जनाउँदै लेकसाइडमा टुरिजम हस्पिटलको खाँचो रहेको औल्याए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरु टेसा अध्यक्ष चन्द्र प्रसाद पौडेल, एगा अध्यक्ष पुष्कल बहादुर थापा, टुरिष्ट बुक शप अध्यक्ष प्रेम प्रसाद शर्मा, नेपाल पर्यटन वोर्डका कर्मचारी विष्णु तिमिल्सीना, पर्यटन यातायात व्यवसायि समितिका अध्यक्ष भवरजंग गुरुङ्ग, पार्किङ्ग व्यवस्थापन समिति सदस्य राजन श्रेष्ठ लगाएतले शौचालयको उचित व्यवस्थापन गरिनुपर्ने, स्वयंसेवक परिचालन बढाउनुपर्ने, फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्ने लगाएतका सल्लाह दिएका थिए । महोत्सवका प्याकेज संयोजक एवं रेवान पोखराका पूर्वाध्यक्ष सूर्यबहादुर भुजेलले पोखरा बाहिर गरिने प्रचार प्रसारात्मक कार्यक्रम महोत्सवले सफलता पाउनु पछाडीको अर्को कारण रहेको औल्याए । ‘राष्ट्रिय महोत्सवको स्वरुप धारणा गरिसकेको पोखरा सडक महोत्सवका बारेमा पोखरा बाहिरबाटपनि निकै चासो देखाइने पाइएको छ’–उनले भने ।

महोत्सव संयोजक दोर्जे लामाले कार्यक्रम सफल पार्न सल्लाहकारहरुको भुमिंका महत्वपूर्ण हुने बताउँदै आउँदा दिनहरुमा पनि सकारात्मक सल्लाह दिइरहन आग्रह गरे । मुलुकको पछिल्लो अवस्था अनुसारपनि यहाँका पर्यटन संघसंस्था तथा व्यवसायिहरुविच एकताको खाँचो रहेको लामाको भनाई थियो । कार्यक्रममा बोल्दै रेवान पोखराका अध्यक्ष गोपीबहादुर भट्टराईले सडक महोत्सवलाई सवैले आफ्नैं महोत्सवका रुपमा लिएर सहयोग पु¥याएदिएकै हुनाले सफलता हाँसिल गरेको बताए । महोत्सवमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यबाद दिंदै समिक्षा बैठकमा प्राप्त सहल्लाह सुझावलाई आउँदा महोत्सवहरुमा लागू गर्ने प्रतिवद्धजा जाहेर गरे । रेवान पोखराका महासचिव लक्ष्मण बरालले कार्यक्रम संचालन गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस