स्व.भट्टराईको नाम हटाउने तयारीप्रति प्रेस युनियन कास्कीको भत्र्सना

पोखरा, ९ माघ –

वर्तमान नेपाल सरकारले आम सञ्चार प्रशिक्षण प्रतिष्ठानबाट नेपाल पत्रकार महासंघका संस्थापक सभापति स्व.कृष्णप्रसाद भट्टराईको नाम हटाउने तयारी गरेकोमा नेपाल प्रेस युनियन कास्कीले घोर भत्र्सना गरेको छ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि वरालको अध्यक्षतामा शनिबार वसेको आकस्मीक वैठकको निर्णय पछि जारी गरेको प्रेस विज्ञप्तीमा सरकारको उक्त तयारीको घोर भत्र्सना गरेको हो। वर्तमान सरकारले निर्णय उल्ट्याएर स्व.भट्टराईको नाम हटाएर राष्ट्रिय आम सञ्चार प्रतिष्ठान स्थापना गर्ने तयारीलाई समस्त पत्रकार र पत्रकारिताको इतिहास नै मेटाउने षड्यन्त्र भएको भान भएको विज्ञप्तीमा जनाएको छ। विज्ञप्तीमा सरकारको यो तयारी भइरहदा नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्व आफ्नो इतिहास मेटिनेगरी स्थापना हुन लागेको प्रतिष्ठानको निर्णय प्रति मौन समर्थन रहेको प्रति घोर आपत्ति प्रकट गरिएको छ।

नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वले वर्तमान सरकारको पछिल्लो कदमको विरोध गर्दै स्व.भट्टराईकै नाममा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गराउने दवाव सहितको आधिकारीक धारणा सार्वजनिक नगहरेसम्म महासंघ र यस मताहातका कुनै पनि शाखाले गरेका सार्वजनिक कार्यक्रमहरुमा सहभागि नहुने विज्ञप्ती मार्फत चेतावनी दिइएको छ।

तत्कालिन प्रधानमन्त्री शुशिल कोइराला नेतृत्व सरकारको कार्यकालमा नेपालको पत्रकारीताको विकास एवम् पत्रकारहरुको क्षमता तथा दक्षता अभिवृद्धि गराउने उद्देश्यका सहित प्राथामिकताका साथ महासंघका संस्थापक सभापति स्व. भट्टराईको नाममा आमा सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने निर्णय भएको थियो। सोही अनुरुप तत्कालिन सुचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले मन्त्री परिषदमा समेत सोही नामबाट प्रतिष्ठान स्थापना गराउने प्रस्ताव समेत गरी कार्यान्वयनको प्रक्रिया अघि बढाईएको थियो।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button