पोखरा, १० माघ –
प्रतिभामार्ग टोल विकास संस्था सिमलचौर पोखरा ८ को छैटौं अधिवेशन तथा एघारौं साधारणसभा डाइनामिक एकेडेमीको सभाहलमा सम्पन्न भएको छ ।
अधिवेशनले डिल्लीराम शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । कार्यसमितिमा उपाध्यक्ष बलराम गिरी, सचिवमा पदम बस्ताकोटी, सहसचिवमा जमुना चालिसे, कोषाध्यक्षमा कालिका चापागाइँ, सदस्यहरुमा दीपकराज सिग्देल, पुष्पराज सिग्देल, इश्वरी चालिसे, उर्मिला भण्डारी, कुलमाया पौडेल क्षेत्री र विष्णु पोख्रेल निर्वाचित भएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका बरिष्ठ इन्जिनियर शारदा मोहन काफ्लेले यस टोल विकासको योजनाहरुमा आफूले सघाउने र यस प्रतिभामार्गकै आफू पनि एक सदस्य भएको नाताले थप जिम्मेवारी महसुस गरेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्व वडाध्यक्ष विरेन्द्रनारायण विजुक्छेले टोल विकास संस्था स्थानीय निकाय विहिन भएको अवस्थामा राज्यसँग सहकार्य गर्ने आधारभूत निकायको रुपमा कार्य गरेको बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष रोमनाथ बराल, लिटिलस्टेप उच्च माविका संस्थापक शेर बहादुर गुरुङ्ग, डायनामिक स्कूलका प्राचार्य लक्ष्मण पोख्रेल, नेका वडा इकाई ८ का सभापति टेकन गिरी, टोल विकास समिति समन्वय समिति वडा नं.८ का अध्यक्ष शारदा गिरी, पोखरा उपमहानगरपालिका वित्त अधिकृत सविता ढुङ्गाना, एमाओवाद वडा इकाई ८ का अध्यक्ष लक्ष्मी प्रसाद सुवेदी लगायतले टोल विकासमा टोलबासी एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा २०७१ सालको एसएलसी परीक्षामा टोलबासीको छोराछोरीमध्येबाट अपिल पोख्रेल र छात्रा आशिकी शर्मालाई नगद सहित सम्मान गरिएको थियो । उक्त अवसरमा जेष्ठ नागरिक ७० वर्षमाथिका बृद्ध शिवनाथ पौडेल र पद्मादेवी पौडेललाई दोसल्ला सहित सम्मान, भर्खर स्थापित प्रतिभा बाल क्लवलाई सम्मानसहित डाइरी वितरण र कार्यक्रममा उत्कृष्ट सरसफाई गरेवापत टोलबासी दिल बहादुर गुरुङ्गलाई समेत सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष डिल्लीराज शर्माको अध्यक्षतामा बसेको उक्त सभामा स्वागत उपाध्यक्ष बलराम गिरीले गर्नुभएको थियो । निर्वाचन मण्डलमा होमनाथ चालिसे, फडिनारायण पोख्रेल र सीता पौडेलले निर्वाचित कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । कार्यक्रमको संचालन सचिव पदम बस्ताकोटीले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution