नेपाल पुरानै अवस्थामा फर्किन थाल्यो – अध्यक्ष चोउ
पोखरा, १९ माघ –
विश्व तेक्वान्दो महासंघका अध्यक्ष चोङ्गवाङ्ग चोउले गत वैशाख १२ गते नेपालमा आएको विनाशकारी भूकम्पबाट थलिएको नेपाल पुरानै अवस्थामा फर्किन थालेको बताए । एक हप्ते नेपाल भ्रमणमा रहेका अध्यक्ष चोउले मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भूकम्पले थलिएको नेपाल पुरानै अवस्थामा फर्कदै गरेको बताएका हुन ।
अध्यक्ष चोउले भुकम्पबाट प्रभावित नेपाल अहिले पुर्ननिर्माणको माध्यमबाट पुरानै अवस्थामा फर्कन थालेको आभाष भएको बताए । भूकम्प प्रभावित क्षेत्र सिन्दुपालचोक, काठमाण्डौं लगायतका क्षेत्रको अवलोकन गरी पोखरा आएका उनले आफुहरुले नेपाल भूकम्पबाट जति रुपमा क्षेति भएकोले पर्यटकीय क्षेत्रहरु भत्केको सुने पनि वास्तवमा पर्यटकीय क्षेत्रहरु धेरै सुरक्षित भएको बताए ।
भुकम्प प्रभावित जिल्लाका बालबालिकाहरुलाई खेलकुदको क्षेत्रमा सहयोग गर्ने उद्धेश्यले नेपाल भ्रमणमा आएको बताउदै उनले भने,–‘नेपाल रिकभरको बाटोमा गइसकेको मैले देखेँ, मलाई विश्वास छ नेपाल चाँडै नै पुरानै अवस्थामा फर्कनेछ ।’ अध्यक्ष चोईले भुकम्प प्रभावित जिल्लाका बालबालिकालाई खेलकुदको क्षेत्रमा तेक्वान्दो मानवीय फाउण्डेसन पाइलट परियोजना मार्फत सहयोग गर्ने बताए । उनका अनुसार सिन्धुपाल्चोकमा २ सय बालबालिकालाई नेपाली र विदेशी प्रशिक्षकबाट तेक्वान्दो प्रशिक्षण गराइनेछ त्यस पछि भने सामाजिक विकासका लागि के कस्तो सहयोग गर्न सकिन्छ त्यसमा आफुहरुको ध्यानाकर्षण हुने जनाए ।
अध्यक्ष चोईले नेपालमा तेक्वान्दोको सम्भावना प्रचुर रहेको बताए । उत्कृष्ट प्रशिक्षक र खेलाडीले कडा मेहनत गर्ने हो भने नेपालले तेक्वान्दोमा विश्व तथा एसियन गेममा समेत पदक ल्याउने विश्वास व्यक्त गरे । अध्यक्ष चोई सहितको १३ सदस्य एक टोली ५ दिनअघी नेपाल आएको हो भने एक हप्ता भ्रमण पश्चात स्वदेश फर्किनेछ । अध्यक्ष चाई सहितको एक टोली मंगलबार काँडे, अष्ट्रेलियन क्याम्प, धम्पुस क्षेत्रमा एक दिने ट्रेकिङ समेत गर्ने कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष जगन गुरुङले जानकारी दिए ।