पोखरा, १९ माघ –
कान्तिपुर डेण्टल हस्पिटलको १६ औं वार्षिकोत्सव तथा कान्तिपुर ईन्स्टिच्युट अफ हेल्थ साइन्सेसको ११ औं वार्षिकोत्सवको अवसरमा मुख स्वास्थ्य तथा दन्त प्रदर्शनीको मंगलबार उद्घाटन गरिएको छ । माघ १९ गते देखि ३ दिन सम्म चल्ने प्रदर्शनीको उद्घाटन उक्त संस्थाका अध्यक्ष वुद्धिमान श्रेष्ठले गरेका थिए ।
मुख स्वास्थ्य तथा दन्त प्रदर्शनीको उद्घाटन मन्तव्यमा मुख स्वास्थ्यको महत्व दिदै शरीर स्वास्थ्य राख्न मुख र दन्त स्वस्थ रहनुपर्ने वताए । कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सले पोखरामा स्थापना भएको ११ वर्षको इतिहासमा धेरै विद्यालय, आमा समूह र महिला स्वयम्सेविका सम्म पुगेर मुख स्वास्थ्य सम्वन्धि प्रशिक्षण दिएको गाउँ गाउँमा पुगेर शिविर सञ्चालन गरेर मुख स्वास्थ्यको वारेमा जनचेतना फैल्याएको अध्यक्ष श्रेष्ठले वताए ।
कान्तिपुर डेण्टल तथा मुख स्वास्थ्य प्रदर्शनीमा करिव पांच हजार जनाले अवलोकन गर्ने संस्थाले दावी गरेको छ । प्रदर्शनीमा १८ वटा स्टलहरु राखिएको छ । अवलोकन कर्ताहरुले मुख स्वास्थ्य, दातको उपचार पद्धति एवम् दन्त चिकित्सा अध्ययन र यसको महत्व वारे जानकारी गराइने इन्स्टिच्यूटकी कार्यालय प्रमुख सिता श्रेष्ठले वताइन् ।
३ दिन सम्म चल्ने मेलाको उद्घाटनमा स्याङ्जा पर्यटन विकास समितिका उपाध्यक्ष अनन्त कुमार श्रेष्ठ लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरुको वाक्लो उपस्थिति रहेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution