पत्रकार महासंघ कास्कीद्वारा शोकसभा

पोखरा, २६ माघ –

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको ७६ वर्षको उमेरमा गएराति भएको असामयिक निधन प्रति नेपाल पत्रकार महासंघ कास्की शाखाले गहिरो दुखः व्यक्त गरेको छ । महासंघ कास्की शाखामा आज (मंगलबार) बिहान आयोजना भएको शोकसभामा पुर्व प्रधानमन्त्री कोईरालाको निधन प्रति गहिरो महासंघका पदाधिकारीले दुखः व्यक्त गरेका हुन ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा.महेन्द्र विष्टले पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधनले सिंगो नेपाली राजनीति देखि अन्य क्षेत्रमा समेत ठुलो क्षति भएको बताए । प्रजातान्त्रीक एवं लोकतान्त्रीक क्षेत्रमा उनले पुराएको योगदानको चर्चा गर्दै देश हाल शोकमा डुवेको अध्यक्ष विष्टले जनाए । नेपाली पत्रकारीता क्षेत्र समय अनुसार परिस्कृत हुदै पत्रकारीतामा सुद्धिकरण आवश्यक भएको उनको भनाई थियो । महासंघ कास्की शाखाका अध्यक्ष रामकृष्ण ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाल पत्रकार महासंघ कास्की शाखाको वार्षिक साधारण सभा आयोजना गर्ने तयारीमा जुटेको अवस्थामा अकास्मत पूर्व प्रधानमन्त्री कोईरालाको निधनले गर्दा मंगलबार हुने भनिएको उक्त साधारण सभा हाल स्थगीत भएको महासंघ कास्की शाखाका सचिव त्रिभुवन पौडेलले बताए ।

यसैबिच, प्रेस युनियन कास्कीले प्रजातान्त्रिक आन्दोलनका प्रखर योद्धा, नेपालका पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको ७६ वर्षको उमेरमा भएको असामयिक निधन प्रति गहिरो शोक व्यक्त गरेको छ । युनियनका अध्यक्ष शिरोमणि बरालले विषम परिस्थितिको दुःखद् घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक संवेदना व्यक्त गरेका छन । यस दुःखद् र शोकको घडीमा प्रेस युनियनमा आवद्ध रहेका सम्पूर्ण सदस्य तथा पदाधिकारी ज्यूहरुबाट कुनै पनि प्रकारको औपचारिक सार्वजनिक कार्यक्रम नगर्ने, नगराउने युनियनले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button