पोखरा,२७ माघ –
नेपाल एसोसिएशन अफ् टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) पश्चिमाञ्चलको दुई बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षमा दिल्लीप्रसाद गौतम, सचिवमा ऋषिराम गौतम र कोषाध्यक्षमा हरीराम अधिकारी निर्वीरोध सर्वसम्वत रुपमा चयन भएका छन । अन्य पदाधिकारीहरुले अध्यक्षमा आकाांक्षी नभए पछि प्रथम उपाध्यक्ष रहेका गौतम दुई बर्षे कार्यकाल सम्हाल्ने जिम्मेवार पाएका हुन ।
त्यसै गरी कोषाध्यक्षमा पनि निर्वीरोध हरिराम अधिकारीलाई चयन गरीएको छ । प्रेम प्रसाद सुबेदीले उमेदवारीमा नाम दर्ता गराएर पनि नाम फिर्ता लिए पछि अधिकारी कोषाध्यक्षमा निर्वीरोध चयन भएका हुन । त्यसै गरी निर्वाचनको अन्तिम समयमा नेत्रपाणि भण्डारीले सचिवको उमेदवारीबाट हात झिकेका हुन ।
नाट्टा पश्चिमाञ्चलको २१ औं वार्षिक साधारणसभा सँगै निर्वाचन मंगलबार सम्पन्न भएको छ । प्यानलै सर्वसम्मत गराउने प्रयास भएपनि अन्ततः सफल नभएपछि केही पदका लागि मंगलबार निर्वाचन भएको हो ।
प्रथम उपाध्यक्षमा हर्क बहादुर गुरुङ्गले ३ मत अन्तरले झबिलाल अधिकारीलाई पराजित गरी विजयी भएभने हर्कले ७० र झविन्द्रले ६७ मत ल्याएका हुन । द्धितिय उपाध्यक्षमा तुलसीराम पोखरेललाई ५६ को बिरुद्ध ८३ मत ल्याउदै र सञ्जयकान्त सिग्देल विजयी हुदा महासचिवमा सुभास भण्डारीले ७८ मत ल्याउदै विजयी भएका हुन । भण्डारीका प्रतिद्धोन्दी कीर्तिबल्लभ त्रिपाठीले ६० मत ल्याएका हुन । यस अघि सरोज पौडेलले महासचिवको उमेदवारबाट नाम फिर्ता लिएका थिए । सह–कोषाध्यक्षमा किशोर दाहाल ९४ अत्याधिक मत ल्यायर विजयी भएका छन । उनका निकटतम प्रतिद्धोन्दी दिपेन्द्र ढकालले ३७ मत प्राप्त गरे। नाट्टामा आवद्ध १ सय ४० वटा ट्राभल एण्ड टूर रहेका छन। जसमध्य १ सय ३९ मत खसेको थियो । विजयी भएको टोलीलाई पर्यटन व्यावसायीहरुले खादा तथा अविर लगायर सम्मान तथा वधाई ज्ञापन गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution