नेपालमै पहिलो राष्ट्रव्यापी बालगायन प्रतियोगिताको अडिशन पोखरामा शनिबार हुने

  • पोखरा न्यूज
  • २०७२ फागुन २०
नेपालमै पहिलो राष्ट्रव्यापी बालगायन प्रतियोगिताको अडिशन पोखरामा शनिबार हुने

पोखरा, २० फागुन –

सुरशाला म्युजिक एकेडेमी र सुरशाला फाउण्डेशनको संयुक्त आयोजनामा नेपालमै पहिलो राष्ट्रव्यापी बालगायन प्रतियोगिताको अडिशन पोखरामा २२ गते शनिबार हुने भएको छ ।

“सुरशाला आइडल जुनियर“, बालबालिकाको लागी संगीतको शिक्षा र उत्कृष्ठ प्रतिभालाई उचित अवसर दिने उदेश्यले आयोजना गरिएको सुरशाला म्युजिक एकेडेमी एवं सुरशाला फाउण्डेशका प्रबन्ध निर्देशक युवा गायक अमृत छेत्री बताउनु भएको छ । पोखराको न्युरोडमा रहेको स्काइटच रेष्टुरेन्टमा विहान ११ बजे पछि अडिसन हुने बताइएको छ । फर्म शुल्क सात सय ५० रहेको बताउदै ७ बर्षदेखी १६ बर्ष भित्रका कोहि पनि बालबालिकाहरुले प्रतियोगितामा भाग लिन पाउने क्षेत्रीले बताउनु भयो । अडिशन फर्मकोलागी इच्छुक बालबालिकाहरुले सुरशालाको फेसबुक पेज र वेबसाइटमा घरबाटै डाउनलोड गरी सहभागी हुन सक्ने बताइएको छ ।

सुरशाला आइडल जुनियरका विजेतालाइ प्रथम पुरस्कार ३ लाख ५० हजार रुपैंया बराबर र द्दितीय पुसस्कार २ लाख ,५०हजार रुपैंया बराबर र तृतिय पुरस्कार १लाख ६०,हजार। प्रदान गरिने आयोजकले जनाएको छ ।

यसै गरि टप १० लाइ सुरसालामा १ ,१ वर्ष सम्मको छात्रवृति प्रदान गरी जम्मा रु १३ लाख रुपैया बराबरको पुरस्कार विजेताले पाउने छन जस भित्र नगद, गित रेकर्डिङ्ग, म्युजिक भिडियो, ट्रफी, संगितको छात्रवृती र अन्य पुरस्कार समावेस हुने छ। साथै विजेताहरुले देश बिदेशमा कार्यक्रम गर्ने अवसर समेत पाउने आयोजकले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस