पोखरा, ०९ चैत्र –
नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा कास्कीको आयोजना तथा युवा रेडक्रस सर्कल, छोरेपाटन उच्च माविको व्यवस्थापनमा भएको तीनदिने प्राथमिक उपचार प्रशिक्षण मंगलवार सम्पन्न भएको छ ।
चैत्र ७ गते देखि शुरु भएको उक्त तालिममा समुदाय र शैक्षिक संस्थाका गरि जम्मा २४ जना प्रशिक्षार्थी सहभागि रहेको थियो । प्राथमिक उपचार र जिवन रक्षा भन्ने मूल उदघोषका साथ विपदको समयमा राहत तथा उद्धारको कार्यमा आवश्यक पर्ने सिप प्रदान गर्ने अभिप्रायले उक्त तालिम आयोजना गरिएको हो ।
प्रशिक्षण तालिमको समापन समारोहमा बोल्दै छोरेपाटन उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष टिकाराम पौडेलले रेडक्रसको प्राथमिक उपचार विपदमा जिवन रक्षा र सेवासँग जोडिएको हुँदा आफूले सिकेका सिपहरुलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीसँग आग्रह गर्नुभयो । कार्यक्रममा युवा समिति कास्कीका अध्यक्ष डिल्लीराम बराल, गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल, बेल्जियम रेडक्रसका युवा प्रतिनिधि इमा अक्टपी र योनस किन्टे, जुनियर तथा युवा संयोजक राजेश कुमार घिमिरे, विद्यालयका सहायक प्राचार्यद्धय बद्रीनाथ पहारी र डिल्लीराम शर्मा, युवा रेडक्रस छोरेपाटनका अध्यक्ष चुडाबहादुर नेपाली, शिक्षक नायक उपेन्द्र पोख्रेल, सहभागिका तर्फबाट हेमा रेग्मी र सुजन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा प्रशिक्षकहरु राजेश कुमार घिमिरे, मिना सुवेदी, सुर्य प्रसाद तिमिल्सीना (पालुवा) र डिल्लीराम बरालले सहजिकरण गरेका थिए । समापन कार्यक्रमको सभापतित्व युवा रेडक्रस सर्कलका संरक्षक एवम विद्यालयका प्राचार्य लक्ष्मण थापाले गर्नुभएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution