होटल पोखरा गुडविल संचालनमा, वान स्टप होटलको रुपमा विकास गर्दैछु – के .सी .

पोखरा, १० चैत्र  –

गत बैशाख १२ गतेको भुकम्प पश्चात देशकै पर्यटन शिथिल अवस्थामा रहिरहेको भएतापनी पर्यटकीय नगरी पोखरामा अन्तराष्ट्रिय क्षेत्रिय स्तरको विमानस्थल बन्ने लगभग पक्का भए पछि यहाँ होटलहरुको सङख्यामा दिनानुदिन बृद्धि हुदैछ । पछिल्लो क्रममा पोखराको हल्लनचोक लेकसाईडमा गुडविल ग्रुप मार्फत होटल पोखरा गुडविल प्रा.लि. संचालनमा आएको छ  ।

पोखरामा वान स्टप होटलको रुपमा विकास गर्ने लक्ष्य 

मध्यम बर्ग र गुणस्तरका गरी सबै प्रकारका पर्यटकहरुलाई लक्षित गरी  उक्त होटल संचालनमा ल्याएको होटल संचालक मदन केसीले  बुधबार लेकसाइडमा आयोजित पत्रकार  सम्मेलनमा बताए । पर्यटकको सुविधाका लागि होटल भित्र नै गुड विल ट्राभल, गुडविल ट्रेकिङ्ग, गुड विल स्पा एण्ड व्युटी पार्लर, रेष्टुरेन्ट एण्ड वार, कफि एण्ड आइसक्रिम, शपिङ्ग सेन्टर संचालनमा ल्याएको बताउदै पर्यटकलाई चाहिने सम्पूर्ण सेवा सुविधा उपलब्ध गराएर आफुले उक्त होटललाई पोखरामा वान स्टप होटलको रुपमा विकास गर्न लागेको बताए   । होटलमा सुबिधा  सम्पन्न ८० जना क्षमताको एक सभाहल २५ जना क्षमताको अर्को सभाहल, ८० जना क्षमताको रेष्टुरेण्ट, अन्डर ग्राउण्ड पार्किङ्ग सुबिधा रहेको र होटलको रुफ टपमा रहेको गार्डेनवाट  फेवाताल, हिमश्रृखला र लेकसाईडको धेरै भागहरुको दृश्यावलोकन गर्न सकिने उनले बताए ।

view from hotel pokhara goodwill

होटलमा ४१ वटा कोठाहरु संचालनमा रहेको  जसमध्ये २ वटा स्विट, सुपर डिलक्स ६ र बाँकी ३३  रुम भने डिलक्स भएको केसीले जनाए । होटलका कोठाहरु सवै वातावरण अनुकुलित (AC), मिनि वार, फ्रि वाइ फाई, वाटर वोइलर सहितका अन्य सुविधाहरु रहेको र सवै कोठाहरुमा अटोमेटिक फाएर सिस्टम, कार्ड डोर लक सिष्टम जडान गरेको  बताउदै उनले  पर्यटकको सुविधाका लागि लिफ्ट सिस्टेम समेत जडान गरेको बताए  ।

suit room hotel pokhara goodwill

देशको यो अबस्थामा पनि २९ जना कर्मचारीलाई होटलमा रोजगार दिएको बताउदै उनले  देशमा सहज हुन साथ कर्मचारी बृद्धि गर्ने उनले जनाए । होटलमा नेपाली पर्यटकको  ३ हजार देखि ८ हजारसम्मका रुम उपलब्ध रहेको  र  विदेशीहरुको हकमा  ४० डलर देखि १ सय ५० डलरसम्मका रुमहरु उपलब्ध भएका बताउदै उनले आगामी दिनमा पाहुनाहरुलाई प्रदान गर्ने सेवामा थप परिष्कृत गराउदै पाहुनाहरुको पोखरा वसाईको रोजाई होटल पोखरा गुडविल हो भन्ने कुरा मन मन मा बसाउन लागिपर्ने बताए  ।

स्वदेशमा लगानी गरेर स्वदेशी जनशक्तिलाईनै काम दिनुपर्दछ

जापान ४ र कोरीया ८ बर्ष होटल तथा रेष्टुरेण्ट एवं सामाजिक क्षेत्रमा काम गरेको अनुभव सम्हालेर स्वदेश फर्किएका केसीले विदेशमा आफुले सिकेको सिपलाई यहाँ प्रयोग गर्दै  स्वदेशी जनशक्ति लाई काम दिनुपर्दछ भन्ने मान्यताले आफु स्वदेशमा आएर लगानी गरेको बताउदै आफु जन्मेको विश्वको आकषर्णको केन्द्र रहेको पोखरामा देशप्रेमले नै  ठुलो लगानी गरेको उनले जनाए । भक्तपुरबाट ल्याइएको ईट्टा र कुधेर आकर्षक तरिकाबाट तयार पारिएको  काठको होटलमा प्रयोग हुनुले होटलको कलात्मक झल्किएको बताउदै  होटलमा  नेपाली पन र नेपाली कला संस्कृतीको झलक देखिने गरि निर्माण मात्र गरेका मात्र नभई होटलमा प्रवेश संगै नेपालीपनले गर्ने आर्कषणले पाहुनहरुलाई नेपाली पनको अनुभुती दिने उनले दाबी गरे ।

भूकम्प, तराई मधेष आन्दोलन र नाकाबन्दीले लगानीमा अनपेक्षित रुपमा वृद्धि भयो 

होटल निमार्ण कार्य २० महिनामा सक्ने योजना भए पनि देशको अबस्थाले गर्दा करीब ३२ महिनामा सकिएको  बताउदै पोखरा अन्तराष्ट्रिय शहरको रुपमा विकसित भएकोले पनि  पोखरामा यस्ता गुणस्तरका धेरै होटलहरुको आवश्यकता भएको बताए ।  व्यवसायी एवं खेलकुदकर्मी समेत रहेका केसीले देशको विषम परिस्थितीका बाबजुत संचालनमा आउन लागेको उक्त होटल नेपालमा आएको विनाशकारी भूकम्प, तराई मधेष आन्दोलन, भारतले नेपाल माथि गरेको अघोषित नाकावन्दीले गर्दा ११ करोडको लागतमा होटल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको भए तापनि  लागत मुल्यमा  बृद्धि हुन गएको बताए ।

को हुन मदन के.सी .

२०४५ सालदेखि पर्यटन क्षेत्रमा हात हालेको केसीले लेकसाईडको क्याम्पीङ चौरलाई भाडामा लिएर पर्यटन क्षेत्रमा सुरुवात गरेको बताउछन  । २ बर्ष पछि ट्राभल्स ट्रेकिङ हुदै होटल तथा रेष्टुरेण्ट समेत पोखरामा संचालन गरेका केसीले २०५५ सालमा जापान लागेका थिए । करीब ४ बर्ष जापानमा रेष्टुरेण्टको अनुभव सम्हालेर स्वदेश फर्किएका उनले करीब ८ बर्ष कोरीयामा रेष्टुरेण्ट व्यावसाय गरेका थिए ।

सानै देखि फुटवल खेलमा लागेका केसीले विदेशमा रहदा पनि खेलकुदको विकासमा आर्थिक सहित अन्य सहयोग गरेका कारणले गर्दा उनलाई विश्व तेक्वान्दो संघले सम्मान गर्नुको साथै सन २०१३ मा एसिएन तेक्वान्दो महासंघमा सल्लाहकारमा चयन भए । नेपाल आईस हक्की संघका केन्द्रीय उपाध्यक्ष, नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य, अखिल नेपाल फुटवल संघका सल्लाहकार, फेवा मार्ग टोल सुधार समितिका अध्यक्ष, लायन्स क्लव अफ पोखरा लेक सिटिका द्धितीय उपाध्यक्ष, पोखरा बृद्धाश्रमका आजिवन सदस्य लगायतका विभिन्न संघ संस्थामा उनी आवद्ध रहेका छन । लगानीको वातावरण, बैंकीङ सिस्टम, कर्मचारीलाई तालिम, पर्यटन सम्बन्धि कलेज, अत्यावसेक सेवा खानेपानी, बिद्युत, यातयात लगायतका सेवालाई प्रभावकारी बनाउनु पर्ने उनको जोड छ ।

पोखराको पर्यटन प्रवद्र्धन गर्न पोखरा काठमाण्डौको सडक मार्गलाई फाष्टट्रयाक बाट ३ घण्टामै जान आउन सकिने व्यवस्था सहित अन्तराष्ट्रिय जहाज सिधै पोखरा आउने वातावरण सृजना गर्न सके पोखराको पर्यटन क्षेत्रमा कायापलट हुने केसीले दाबी गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button