मख्ख छिन् एचआइभी एड्स संक्रमित लक्ष्मी

  • पोखरा न्यूज
  • २०७२ चैत्र ११
Post Thumbnail

पोखरा, ११ चैत्र –

एचआइभी एड्स संक्रमित एकल महिला लक्ष्मी अधिकारी यतिवेला मख्खछिन् । विगतमा समाजबाटै अपहेलित संक्रमित अधिकारी पुरुञ्चौर तल्लाकोट कुसुमस्थित आँकुरा केयर भिलेजमा सामाजिक अभियन्ता महेस गुरुङको पहलमा सोलार बत्तीले उज्यालो बन्यो, दुहुना भैसी गोठमा भित्रिएको मात्रै होइन फेवा बहुउद्धेश्य वचत तथा ऋण सहकारीको वचत र व्याजको पासबुक हातमा थमौती भए पश्चात उनी मख्ख बनेकी हुन ।

ठुलै आँटका साथ संक्रमित हुँ भन्ने सार्वजनिकीकरण गरे पश्चात समस्यै समस्यामा झेलिएकी लक्ष्मी अधिकारीलाई विहीबार एक कार्यक्रम विच ६६ हजार ७२६ रुपैयाको वचत र व्याजको पासबुक सामाजिक अभियन्ता महेस गुरुङ, फेवा बहुउद्धेश्य वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ,एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्मोहन गौचन, शिक्षासेवी समाजसेवी अशोक पालिखे लगायतले सामुहिक रुपमा अधिकारीलाई बचत र ब्याज बुक हस्तान्तरण गरिएको थियो ।

सामाजिक अभियन्ता महेस गुरुङले सञ्चालन गर्नुभएको सहयोग अभियान अन्र्तगत आँकुरा केयर भिलेजमा सोलार बत्ती जडान र दुहुना भैसी खरिद पश्चात वचत भएको ५२ हजार १११ रुपैया, फेवा बहुउद्धेश्य वचत तथा ऋण सहकारीले ८ हजार, सँस्कृतिकर्मी बुद्धिमान धम्पु र उहाँको धर्मपत्नी भिमसरा दुराबाट १ हजार ६१०, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङल १ हजार ५, फेवा बहुउद्धेश्य वचत तथा ऋण सहकारीका अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङले १ हजार, उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले १ हजार, सचिव तथा व्यवस्थापक हरिभक्त पौडेलले १ हजार र सञ्चालक सदस्य रामकाजी गुरुङले १ हजार गरी ६६ हजार ७२६ रुपैया फेवा बहुउद्धेश्य वचत तथा ऋण सहकारीमा वचत गरी पासबुक अधिकारीलाई हस्तान्तरण गरिएको हो । सहकारीमा खाता खोल्नु अघि सहयोगीहरुले उक्त रकम लक्ष्मी अधिकारीलाई सहयोग गर्नुभएको थियो अभियन्ता महेस गुरुङको अभियानबाट वचत रकमसहित सहयोगीहरुको रकमबाट खाता खोलिएको थियो ।

उक्त खाता एड्स रोग नियन्त्रण संघका कास्की अध्यक्ष विश्वमोहन गौचनको अनिवार्य र सहारा क्लव पोखराका अध्यक्ष वीरभद्र आचार्य र लक्ष्मी अधिकारी कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन गरिएको छ । उक्त वचतबाट प्राप्त व्याजबाट आँकुरा केयर भिलेजमा रहेका संक्रमित ६ जना बालबालिकाको भरणपोषणमा सहयोग पुग्ने अभियन्ता महेस गुरुङल अपेक्षा गर्नुहुदै आँकुराका लागि थप सहयोगको खाँचो रहेको बताउनुभयो ।

आँकुरा केयर भिलेजमा सोलार बत्ती, गोठमा दुहुना भैसी पश्चात सहकारीमा बचत समेत पासबुक ग्रहण पश्चात लक्ष्मी अधिकारीले अभियन्ता महेश गुरुङका साथै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले हिजो धपिएकी अधिकारी आज सहयोगीहरुकै सहयोगको थोपा थोपाले आँकुरा भिलेज बाँचको बताउनुभयो । अधिकारीले एड्स रोग नियन्त्रण संघका अध्यक्ष विश्वमोहन गौचनकै आँट र भरोसामा सँस्था थामिएको हो भन्नुहुदै विश्व शाक्य, अशोक पालिखे, महेश गुरुङ आफ्नो लागि भगवान भएको बताउनुभयो । सार्वजनिक हुन नसकेका सक्रमितहरु आज आफुलाई देखेर बाच्ने भरोसा बढेको सुन्दा अत्यन्तै खुशी लाग्ने बताउनुहुदै सहयोगीहरुको साथ सधै पाइरहने विश्वास अधिकारीले व्यक्त गर्नुभयो ।

फेवा बहुउद्धेश्य वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङले लक्ष्मी अधिकारीको पीडालाई सबैले बुझेर सहयोग गर्नुपर्ने बताउनुहुदै संक्रमित अधिकारीले भरखरै ब्याएको भैसीको व्यागुती खुवाएर बालपनको लेकमा गोठ बस्दाको स्मरण गराएको बताउनुभयो ।

पोखरा नगर महिला समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङले लक्ष्मी अधिकारीलाई आफुहरुको तर्फबाट सक्दो साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

आँकुरा केयर भिलेजको संरक्षक समेत रहनु भएका विश्वमोहन गौचनले आफ्नो छोरी लक्ष्मी अधिकारीले धेरै हण्डर खाएको छ उनलाई सहयोग जरुरी रहेको बताउनुभयो । संक्रमित बालबालिकाको संरक्षण केन्द्र आँकुरा केयर भिलेजमा बेला बेलामा पुग्न सहयोगीहरुलाई आग्रह गर्नुभयो ।

एड्स रोग नियन्त्रण संघ कास्कीका अध्यक्ष विश्वमोहन गौचनको अध्यक्षतामा फेवा बहुउद्धेश्य सहकारीको सभाहलमा आयोजित कार्यक्रममा फेवा सहकारीका बारेमा उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले जानकारी दिनुभएको थियो भने व्यवस्थापन हरिभक्त पौडेलले लक्ष्मी अधिकारी लगायत अतिथिहरुलाई खादा लगाई स्वागत गर्नुभएको थियो ।

केही दिन अघि सामाजिक अभियन्ता महेस गुरुङको पहलमा आँकुरा केयर भिलेजमा रहेका संक्रमित बालबालिकालाई दुख खुवाउन किनिएको भैंसी बुधवार व्याएकाले लक्ष्मी अधिकारीले प्रसाद स्वरुप व्यागुती दुधका साथ खुशी हुदै कार्यक्रममा सहभागी हुनु भएको थियो । उक्त आँकुरा केयर भिलेज अधिकारीले छ जना संक्रमित बालबालिकाहरुलाई अभिभावकत्व प्रदान गर्दै आउनु भएको छ भने विभिन्न सहयोगीहरुको बेला बखत सहयोग समेत हुदै आएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

४ घण्टा अघि

गाई पूजा आजै

४ घण्टा अघि

गाई पूजा आजै

खोजी गर्नुहोस