तुवाँलोको कारणले गर्दा पोखरामा बुधबारको सबै उडान प्रभावित

पोखरा, १५ बैशाख –

आकासमा तुवाँलो लागेको कारणले गर्दा बुधबार पोखराका सबै हवाइ उडान प्रभावित भए । हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले गर्मी महिना सुरु भएसंगै खुल्ला आकासमा तुवाँलो लाग्ने र त्यसले भिजिविलिटी कम हुने यो निरन्तरको प्रकृया भएको बताए । यसको कारणले गर्दा बुधबारको पोखरा क्षेत्रको हवाइ उडानमा प्रभाव पारेको उनले जनाए ।

प्रतिकुल मौसम कारण पोखराबाट हाल दैनिक जसो २२ वटा भन्दा बढी फ्लाईट हुदै आएको समयमा बुधबार सवै उडान रद्ध भएको नागरीक उड्डयन कार्यालय पोखराका प्रशासकिय अधिकृत काशीनाथ पौडेलले बताए । विहानै देखि आकासमा तुवाँलो लागेको देखेर केहिले सडक मार्ग हुदै आफ्नो गन्तव्यमा लागेको थिए त कोहि पोखरामा बसाई लम्बाएका छन ।

हावापानी कार्यालय पोखराका प्रमुख ढकालले भने “नेपालको आकाशमा अहिले पश्चिम क्षेत्रबाट धुलो, धुवाँ छिरेको छ , यसले वायु मण्डलमा असर पारेको छ, झन त्यस माथि हाम्रा देशका सयौं ठाँउमा आगलागी भएका छन जसको कारणले गर्दा उहाँको वातावरण धुलो र धुवाँमय हुदा भिजिविलिटि(दुरदृष्टि) कम भएको हो । ” यस्तो अबस्थामा प्राय डोमेस्टीक एयरहरुलाई असर पार्ने बताएका उनले यो मौसम खुल्न पानी पर्नु पर्ने बताए । विहिबार पनि पोखराको आकास खुल्ने सम्भावना कम भएको उनले जनाए । मे महिनाको सूरवातमा पानी पर्न सक्ने संकेत देखिएको समेत उनले दाबी गरे । यस अघि चैत्रको अन्तिम सातामा एकदिन पुरै पोखराको हवाई उडान रद्ध भएको थियो भने अर्को दिनमा आधा भन्दा कम उडान भएको थियो ।

केहीदिन अघि पानी परे पनि प्रयाप्त मात्रमा नपर्दा तुवाँलो हट्न नसकेको उनले बताए । सामान्यता मार्च, अप्रिल र मेसम्म यस्तो अबस्था हरेक बर्ष हुने गरेको ढकालले जनाए । पाकिस्तान, अफ्गानिस्तान, भारतको राज स्थानहुदै नेपालको पश्चिम क्षेत्रबाट यस्तो धुलो धुवाँ आएको उनले जनाए । मौसमको पुर्वको अवस्था( प्रि–मनसुन)ले पश्चिमबाट पुर्वतर्फ यस्ता बस्तु लैजाने गर्दछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button