पोखरा, १५ बैशाख-
योड्ड कम्युनिष्ट लिंग(वाईसिएल) को सल्यान गाँउ कमिटिको अध्यक्षमा यमबहादुर विक चयन भएका छन् ।
सल्यान गाविसमा बुधबार भएको भेलाले विकलाई सर्वसम्वत अध्यक्षमा चयन गरेको हो। कमिटिको उपाध्यक्षमा गणेश परियार, प्रेम विक सचिवमा दिपेन्द्र गिरि, कोषाध्यक्षमा शिक्षा केसी, सहसचिवमा विरवल विक, सूर्यबहादुर विक रहेका छन् । त्यसैगरि कमिटिको सदस्यहरुमा प्रेमबहादुर विक, विरबहादुर विक, अम्विका विक, शेरबहादुर विक, समबहादुर विक, रामप्रसाद विक, असारी विक, नरबहादुर विक, मोहन गिरि, मनिष रासाईली, झकबहादुर विक, छलिमाया विक, शारदा केसी रहेका छन् । कमिटिमा पाँच जना पछि थप गरिने छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि योड्ड कम्युनिष्ट लिंग कास्कीका अध्यक्ष विनय थापा क्षीतिजले युवाहरुलाई संगठित गराई पार्टीलाई मजवुद बनाउनका लागि वाईसिएलले अभियान नै सञ्चालन गरेको बताए । पार्टीलाई मजवुद बनाउनका लागि हामीले युवाहरुलाई संगठित गर्दै हिडेका छौ उनले भने–अव को निर्वाचनमा युवाहरुलाई संगठित गर्दै पार्टीलाई पहिलो बनाउने हाम्रो लक्ष्य रहेको छ।
कार्यक्रममा योड्ड कम्युनिष्ट लिंग क्षेत्र नं. ४ का अध्यक्ष भोजराज पौडेलले गाँउ र शहरमा रहेका रोजगार तथा वेरोजगार युवाहरुलाई वाईसिएलमा संगठित गराई युवाहरुका समस्यलाई समाधान गर्न तर्फ वाईसिएल लाग्ने बताए । हाम्रो उद्देश्य भनेको वेरजागार युवाहरुलाई रोजगारी वनाउने हो उनले भने– तपाईहरु पनि वाईसिएलमा आवद्ध हुनुहोस् हामी तपाईहरुलाई रोजगारीको सिर्जना गराउने छौ ।
कार्यक्रममा योड्ड कम्युष्टि लिंग कास्कीका सहसचिव सुभाष पौडेल, एकिकृत माओवादी सल्यानका गाँउ ईन्चार्ज विष्णु केसी, दलित मुक्ति मोर्चा कास्कीका सदस्य मनबहादुर विक, क्षेत्रिय सदस्य कल्याण विकले बोलेका थिए ।
योड्ड कम्युनिष्ट लिंग सल्यानका दिपेन्द्र गिरिको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विष्णु केसीले गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution