‘पुलिस र प्यास’ नाटक भोलि मञ्चन हुदै

पोखरा, १६ बैशाख – 

‘पुलिस र प्यास’ नाटक मञ्चन बैशाख १७ गते शुक्रबार पोखरामा हुदैछ । पोखरा उद्योग वाणीज्य संघको हलमा दिउसो ४ बजेबाट मञ्चन हुने नाटकको सम्पुर्ण तयारी पुरा भएको छ । पञ्चामृत नाट्य समुह पोखराको संयोजनमा मञ्चन हुने नाटक बैशाख १८ गते शनिबार ४ बजे समेत मञ्चन हुने कार्यक्रम संयोजक परिवर्तनले जनाएका छन् । यो सँगै लामो समयदेखि नाटक हेर्न लालाहित बनेका पोखरेली नाट्यप्रेमीको प्रतिक्षाको घडि समाप्त हुँदैछ ।

कृष्ण उदासीको लेखन निर्देशन रहेको नाटकमा परिवर्तन, दिल प्रसाद गुरुङ, सवु पाठक, आशिष अधिकारी, विवश बाबु, मुना गुरुङ, सितल अधिकारी, मनिषा गौतम लगायतको अभिनय रहेको छ । नाटकमा चोर, जड्या, जुवाडे, यौन व्यवसायी, पुलिस र पागल चरित्र मार्फत समाजमा भइरहेको विकृती र यस्को निराकरण कसरी गर्ने भन्ने सन्देश दिन खोजिएको नाटककार कृष्ण उदासीले बताए । ‘यस्ता पात्र समाजमा कसरी उत्पन्न हुन्छन् र यस्को निराकरण कसरी गर्ने भन्ने सन्देश नाटकमा दिइने छ ।’ उदासीले भने । उदासीको यो १ सय ३ औँ नाटक हो । यस अगाडी उनले १ सय २ वटा नाटकमा उनले विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् । परिवर्तनको संयोजन र व्यस्थापन रहेको यस नाटकमा सुत्राधार अश्रुलता बास्तोला, मञ्च संयोजन तथा व्यस्थापन प्राञ्जल, साउन्ड तथा प्रकाश व्यवस्थापन एस. के साउन्ड, कोरियोग्राफी मुना गुरुङ, संगित संयोजन रविभूषण पराजुलीको रहेको छ ।

विषयवस्तुका दृष्टिकोणले आफ्ना अन्य नाटकमा भन्दा फरकपन यसमा पाइने नाटककार उदासी बताउँछन् । नयाँ कलाकार भएपनि उनीहरु मार्फत नाटकपारखीहरुले नाटकको तृष्णा सहजै मेटाउन सक्ने दावी उनको छ । पोखरामा नाटक हेर्ने दर्शक रहेकोले नाटक मार्फत अगाडी बढ्न खोज्नेलाई पोखरा उत्तम रहेको उदासीले बताए । राम्रो व्यस्थापनमा नाटक प्रर्दशन हुने हो भने सजिलै लगानी उठाउन सकिने उनको अनुभव छ । केहि दिनको वर्कसप पश्चात नाटकको मञ्चन गर्न लागिएको हो ।

नाटकमा सबै रगंमञ्चका लागि नयाँ कलाकार भएपनि उनीहरुको अभिनय यति सम्म खारिएको छ कि नाटक हेर्दा दर्शकले उनीहरु नयाँ कलाकार हुन् भन्ने पत्ता लगाउनै नपाउने उदासीको दावी छ । यौ नाटकको संयोजनको जिम्मा लिएको पञ्चामृत नाट्य समुहमा परिवर्तन, प्राञ्जल, दिपक पराजुली, रामचन्द्र आरसी र रविन शर्मा रहेका छन् । नाटक हेर्ने दर्शकबाट पाएको प्रतिक्रियाले यो समुहको भविष्य निर्धारण गर्ने भएकोले पनि समुहले नाटक हेरेर प्रतिक्रिया दिन सबै नाट्यप्रेमीसँग आग्रह गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button