अन्नपूर्णमा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा, २० चैत्र –

रेडियो अन्नपूर्णले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ९२ जनाले रक्तदान गरेका छन् । “रक्तदान म पनि गर्छु” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमको रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखेले पहिलो रक्तदाता राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका क्षेत्रीय संयोजक गोविन्दराज पहारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरे ।

युवा पुस्तालाई रक्तदानप्रति आकर्षित गर्न र नयाँ रक्तदाताको खोजी अभियानमा सघाउन रेडियोले प्रत्येक वर्ष गर्दै आएको रक्तदान कार्यक्रममा यसवर्ष पनि नयाँ रक्तदाताको उत्साहजनक सहभागिता रह्यो । १५ औं संष्करणको रक्तदानमा ४० प्रतिशत नयाँ रक्तदाताले रक्तदान गरेको संयोजक आरजु विष्ट सल्यानीले जानकारी दिए । विष्टका अनुसार रक्तदानमा ६८ जना नयाँ रक्तदाता, ३७ महिला र १ सय ५५ जना पुुरुषले रक्तदान गरेका छन् । प्रतिकुल मौसमको वावजुद रत्तदानका लागि आएका मध्ये केही स्वास्थ्यको कारण रगतदान गर्न नपाएपछि निरासहुँदै फर्केका थिए । रक्तदान कार्यक्रमबाट धेरै रक्त संकलन गर्नुभन्दा पनि नयाँ पुस्तालाई रक्तदान गर्नुपर्दछ भन्ने भावनाको विकास गर्न रेडियोले वर्षेनी रक्तदान कार्यक्रम गर्दै आएको रेडियोका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले बताए ।

radio annapurna fm 2

रक्तदानमा साइकल सिटी पोखराका जितेन्द्रमान शाक्यले सबै भन्दा बढी ५२ औं पटक रक्तदान गरे । कार्यक्रममा कला साहित्य, खेलकुद, राजनीतिक दल, आमा समूह, टोल विकास संस्था, क्लब, कलेज, विद्यालय, सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी, लगायत विभिन्न संघ संस्थाको ंसाथै पत्रकार, कलाकार, ट्याक्सी चालक, अधिकारकर्मी, खेलाडी, कालीगढ, व्यावसायी, कर्मचारी, सुस्तश्रवण, विद्यार्थी लगायतले रक्तदान गरे ।

रेडियो अन्नपूर्ण यसक्षेत्रमा सबैभन्दा धेरै रगत संकलन गर्ने संस्थाको रुपमा स्थापित भएको छ भने धेरै युनिट रगत संकलन गरे वापत नेपाल रेडक्रस सोसाइटीले रेडियोलाई सम्मान गरेको छ । रेडियोले पोखरामा रगतको अभावहुँदाआकस्मिक रक्तदान कार्यक्रम पनि बेला बेलामा आयोजना गरेको छ । रेडियोका प्रबन्ध निर्देशक सुनयना पाखिलेले रेडियोले स्थापानाकालदेखि नै सामाजिक उत्तरदायित्व अन्र्तगत रक्तदान, सरसफाइ, आर्थिक सहयोग लगायतका सामाजिक काम गरिरहेको बताउँदै भविष्यमा पनि रेडियोले गर्ने सामाजिक काममा श्रोता शुभेच्छुक, संघ, संस्थाहरुको निरन्तर सहकार्य रहने विश्वास व्यक्त गरिन् ।

radio annapurna fm 3

रक्तदानामा क्षेत्रीय रक्त संचार केन्द्र पोखरा र फिष्टेल नर्सिङले प्राविधिक सहयोग गरेका थिए । फिष्टेल नर्सिङका मञ्जु पुर्जा, तृप्ति गुरुङ, प्रलिना रिमाल, प्रिति रिमाल, अञ्जु गुरुङ, अस्मिता गुरुङ, सम्झना अधिकारी र जेनिफर श्रेष्ठले सहयोग गरेका थिए । रक्त सञ्चार केन्द्र पोखराका धु्रवमणि लामिछाने, अर्जुन ज्ञवाली, महेन्द्र केसी, शिव बराल, यमूना केसी, यसोधरा दुरा, मञ्जु गौराती, सुजन लामिछाने, मनिषा तामाङ, रोजिना अधिकारी, झरना कोरियन स्वयम सेवक, सिमा गौतम, गंगा नेपाली, श्रीकुमारी दुरा, भावना देवकोटा, रमिला सुवेदी, अञ्जु भण्डारी पुष्पा गुरुङ र तिलक कोइरालाले सहयोग गरेका थिए । कार्यक्रममा एनआरएल न्युरोडले जुस तथा फलफुल, सूर्यदेवी पोल्ट्री बगालेटोल डिपोले अन्डा, पेनगुइन मिनरल वाटर हेमजाले पानी र तालवाराही फार्मेसी गैह«ापाटनले फस्ट एडमा सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button