
पोखरा, २१ चैत्र –
नयाँ शक्ति नेपालको आफ्नो सांगठानिक अभियानलाई तिव्रता दिएको छ । यसैक्रममा नयाँ शक्ति कास्कीले वडा नं. १७ मा दिपक भण्डारीको संयोजकत्वमा २७ सदस्यीय वडा परिषद गठन गरेको छ । शनिबार बिरौटाको सुर्योदय पार्टी प्यालेसमा भएको भेलाबाट देव थापा,ताराबाबु श्रेष्ठ,बिष्णु शर्मा अर्याल,सुनिता परियार,सुमित्रा राना,अमृत गुरुङ,सुस्मीता अर्याल,बिष्णु लामिछाने,मथुरा कुमार श्रेष्ठ,हुमलाल गुरुङ,गोविन्द पाण्डे,बेदनाथ पराजुली,नविन वि.क,कृष्ण भण्डारी,भिम बहादुर क्षेत्री,बिष्णु पाण्डे,देवि भण्डारी,टेक बहादुर जिसी,सन्तोष गुरुङ,पार्वती देवी पौडेल,गणेश पौडेल,देविलाल विक,दुर्गादेवी लम्साल,रमन गुरुङ,धर्म थापा,कमल गुरुङ,चै बहादुर गुरुङ सदस्यमा चयन भएका छन् ।
यसैगरि आईतरबार नयाँ शक्ति नेपाल कास्कीले वडा नं. ७ मा पनि खड्ग गुरुङ्गको संयोजकत्वमा २२ सदस्यीय वडा परिषद गठन गरेको छ । जसको सदस्यहरुमा बिष्णु बराल,राजकुमार गुरुङ,घनश्याम गुरुङ,बिष्णु गुरुङ,राजेश परियार,कृष्ण बहादुर गुरुङ,भिम बहादुर घर्ति,ओम गुरुङ,कुमार भण्डारी,आशा रानाभाट,अभित गुरुङ,किशोर थापा,मनु बराल,भृष्म गुरुङ,बिजय कुमार गुरुङ,गणेश अधिकारी,दयाराम भारती,रिता शेर्पा,श्रीराम बराल,जिवन बराल,लाल गुरुङ रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति नेपाल कास्कीका संयोजक तथा केन्द्रिय परिषद सदस्य किरण थापाले नयाँ शक्ति पुराना शक्तिहरुको बिरोधी शक्ति नभएर बैकल्पीक शक्ती भएको बताएका छन् । उनले भने –‘अहिलेको देशको परिस्थितीलाई पुराना शक्तिहरुले संम्बोधन गर्न नसक्ने भएको कारण नयाँ शक्तिको आवश्यता महशुस भएको हो ।’ कार्यक्रममा नयाँ शत्तिः केन्द्रिय परिषद सदस्यहरु कृष्ण गिरी, देवी सुवेदी, टिकाराम पौडेल,जित बहादुर तमु ‘मामा’, रुद्र भट्ट, रिम बस्याल,नयाँ शक्तिका प्रदेश सदस्यहरु सौगात पोखरेल,कमला रानाभाट शंम्भु खाती,लक्ष्मी खाती,भरत गुरुङ,कुमार गुरुङ,लगायतको उपस्थीती रहेको थियो ।





