अमेरिकाले दिने इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी) को नतिजा मंगलबारबाट बेलुका प्रकाशित भएको छ । सन् २०१७ का लागि १ अक्टोवरदेखि ३ नोभेम्बर २०१५ सम्म आवेदन खुला गरिएको थियो । २०१७ का लागि इडिभी भरेकाले अब इडिभी परे नपरेको थाहा पाउन सक्ने छन । डिभी परे नपरेको थाहा पाउनको लागि आधिकारिक साइट www.dvlottery.state.gov मा जानुपर्ने हुन्छ ।
कृपया EDV नतिजाको लागि यहाँ click गर्नुहोस
नतिजा हेर्नका लागि डिभी भर्ने बेलामा तपाइले पाएको कन्फरमेसन नम्बर, थर जन्ममिति राख्नु पर्नेछ । यसैविच अमेरिकी दूतावासले डिभी विजेताहरुलाई डिभी परेको जानकारी भन्दै कुनै ईमेल नपठाउने स्पष्ट पारेको छ । साथै भिषा वा अन्तर्वार्ताका लागि भनेर कसैसँग पनि अग्रिम शुल्क नलिने स्पष्ट पार्दै दूतावासले यदि कसैले तपाईंलाई डिभी परेको छ रकम जम्मा गर्नु भनेर फोन अथवा इमेल गरेमा त्यसलाइ बिश्वास नगर्न सबैलाई सचेत गराएको छ ।
दुताबासका अनुसार नेपालबाट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सोमबार देखि शुक्रबारसम्म फोन नं:१-८००-०९१-०११४ मार्फत सम्पर्क गरि जानकारी लिन सकिनेछ भने अमेरिकामा रहनेहरुले (७०३)९८८-३४२८ मा सम्पर्क गरी सोधपूछ गर्न सकिने छ ।





