अग्नि पिडितलाई रेडक्रसद्धारा राहत प्रदान

  • पोखरा न्यूज
  • २०७३ बैशाख २५
Post Thumbnail

वैशाख २४, पोखरा 
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले चापाकोट–७, खुरपानीका २ घरपरिवारलाई राहत वितरण गरेको छ ।बैशाख २१ गते नजिकै रहेको वनमा आगलागि हुदा शालिग्राम लामिछाने र राजकुमार लामिछानेको घर र गोठ जलेर नष्ट भएको थियो । पिडित परिवारलाई जिल्ला शाखाका उममन्त्री उर्मीला खड्काले रेडक्रसले नियम अनुुसार दैनिक उपभोग्यका सामाग्री प्रदान गर्नुभएको हो ।

नेपाल रेडक्रस सोसाइटी चापाँकोट उपशाखाका सभापति सन्त बहादुर भुजेलको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रस कास्कीका कर्मचारी सुबास सापकोटा लगायतले बोल्नुभएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस