पोखरा, २५ वैशाख-
हालै संम्सोधन भएको ट्राफिक राजश्व ऐन आउदो जेठ एक गते देखि पोखरामा लागु हुने भएको छ । पछिल्लो समयमा ट्राफिक उल्लङघनका घटनाहरु बढ्दै आएपछि जनधनको ठु्लो क्षति हुदै गएकोले यसलाई नियन्त्रण गर्न सरकारले ट्राफिक राजश्वमा भारी बृद्धिगरेसंगै उक्त संम्सोधन भएको ट्राफिक राजश्व ऐन आउदो जेठ एक गते देखि पोखरामा लागु हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो ।
संम्सोधन भएको ऐनको बारेमा सचेतना जगाउने उद्धेश्यले यही वैशाख २६ गते देखि पोखरामा ट्राफिक सप्ताह कार्यक्रम समेत आयोजना गर्न लागिएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय कास्कीका नवनियुक्त प्रमुख प्रहरी निरिक्षक विश्वराज अधिकारीले बताएका छन ।
उनका अनुसार संम्सोधन भएको ऐन अनुसार अब देखि ट्राफिक नियम पालना नगर्नेलाई अबस्था हेरी न्युनतम ५ सय रुपैया देखि १ हजार ५ सय रुपैयासम्म ट्राफिक प्रहरीले जरीवान गर्न पाउने भएका छन । आफुहरुले राजश्व बृद्धि गर्नु भन्दा पनि ट्राफिक सचेतना तथा परामर्शमा बढी केन्द्रीत हुने समेत उनले जनाए । ट्राफिक नियम उल्लङघन गरेका व्यक्तिहरुलाई यस अघि ट्राफिक प्रहरीले २ सय रुपैयासम्म र केहि बर्ष पछि मात्र अधिकार प्रत्यायोजन पछि ट्राफिक प्रहरी प्रमुखले अधिकार प्रयोग गरी एक हजार रुपैयासम्म जरीवाना तिराएका थिए ।
पोखरा सहित कास्कीका सडक क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सुधार गर्ने प्रहरी निरिक्षक अधिकारीले बताउदै केहि महिनामै पोखराको ट्राफिक ब्यवस्थापनमा सुधारको संकेत देख्न पाउने उनले जनाए । उनले भने “ ट्राफिक ब्यवस्थापनको लागि पहिलो चरणमा तपाई संचारकर्मीहरुसंगको भेटघाट कार्यक्रम आयोजना गरेको हुँ, अब सरोकारवाला सबै निकायसँग समन्वय गरी अघि बढ्ने छु । ” ट्राफिक सचेतना कार्यक्रम, पार्किङ ब्यबस्थापन, ट्राफिक प्रहरीलाई प्रविधिमैत्री, र प्रहरीको वोलीचालीमा सुधार गरी दक्ष बनाउदै स्रोत साधन सम्पन्न बनाउनमा जोड दिने अधिकारीले बताए ।
पछिल्लो समयमा पोखरामा ट्राफिक जाम सुरु भएकोले यसलाई व्यबस्थापन गर्न देखि पोखराको ट्राफिक व्यबस्थापनलाई दिगो रुपमा व्यवस्थापन गर्न पत्रकारहरुले सुझाव दिएका थिए । पत्रकारहरुले सार्वजनिक सवारीले बढी भाडा असुल गरेको, गाडीहरु अनियन्त्रित रुपमा सञ्चालन हुने गरेको, क्षमता भन्दा बढी यात्रु राख्ने, जथाभावी रोक्ने, जेब्रा क्रसिङको प्रयोग कम, आवश्यक स्थानमा जेब्रा क्रसिङ नभएको, अनावश्यक सडकमा आफु खुसि ब्रेकर राखेको, प्रवृतिको अन्त्य कम प्रयोग भएको, ट्राफिक प्रहरीमा सुधार आवश्यक भएको लगायतको सुझाव सहित समस्या पहिचान गरेका थिए ।
ट्राफिक प्रहरी निरिक्षक अधिकारीले सबैको सल्लाह र सुझावको आधारमा ट्राफिक ब्यबस्थापनमा सुधार ल्याउने जनाए ।
यसैबीच, अधिकारीले आईतबारदेखि कास्कीमा सुरु हुने ट्राफिक सप्ताहमा सक्रिय सहभागिताका लागि आग्रह गरे । विभिन्न सचेतनामुलक कार्यक्रम गरि नेपाल रेडक्रस सोसाइटी कास्की शाखासँगको सहकार्यमा जेठ १ गतेसम्म ट्राफिक सप्ताह मनाईने भएको छ ।
आईतबार बिहान मानवअधिकार चोकबाट प्रभातफेरि सुरु हुनेछ । पर्चा पम्लेट वितरण पनि सुरु गरिनेछ । २७ गते पोखरा १०, ११ उपशाखाका समुदायलाई ट्राफिक कक्षा, २८ गते हेम्जा उपशाखामा र अम्बिका माविमा ट्राफिक कक्षाका साथै यात्रुलाई जेब्रा क्रसिङ मार्फत पार गराउने, २९ गते चालक तथा सह–चालकलाई र पोखरा–७ उपशाखामा समुदायलाई ट्राफिक शिक्षा प्रदान गरिने छ ।





