सिंहदरबार घेराउ किन ?

पोखरा, २९ बैशाख-

संघीय समाजवादी फोरम सम्बन्ध संघीय युवा फोरम र विद्यार्थी फोरमले बुधवार पोखरामा जेठ २ गते सिंहदरबार घेराउ किन ? विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका वक्ताहरुले संविधानको पुर्नलेखन गरी आम नेपाली जनताको अधिकार सम्पन्न, पहिचान सुनिश्चित, सवृद्ध नयाँ नेपाल निर्माणको आधार तयार गर्न र देशमा भईरहेको कालाबजारी, भ्रष्टाचार, विभेदको अन्त्य गर्नका लागि जेठ २ गते सिंहदरबार घेराउ कार्यक्रममा सहभागी हुनुपर्नेमा जोड दिएका थिए । वक्ताहरुले जनताको अधिकार स्थापित गर्न काठमाडौं केन्द्रीत एवं सिंहदरबारमाथि दवावका लागि सहभागी हुनुपर्ने बताएका थिए ।कार्यक्रममा अधिवक्ता कुवेर गुरुङले नेपाली जनताको आन्दोलन, पहिचान, समानता र स्वतन्त्रताका विषयमा चर्चा गर्नुहुदै आन्दोलन विना अधिकार प्राप्ति नहुने भएकाले शक्ति केन्द्रलाई दवाव दिन सिहंदरबार घेराउ आवाश्यक रहेको बताउनुभयो ।

संघीय समाजवादी फोरम विदेश विभाग सदस्य सुन्दर गुरुङले समुदायगत पहिचान कुण्ठित र अधिकारबाट बञ्चित गरेर मुलुक कहिल्यै समृद्ध बन्न नसक्ने भएकाले नेपाल र नेपालीको पहिचान र आम नेपालीले समानता महसुस गर्ने संविधान पुर्नलेखनका लागि सिंहदरबार केन्द्रीत आन्दोलन रहर नभई बाध्यता भएको बताउनुभयो ।संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य देवीराज तमुले आन्दोलन विना अधिकार प्राप्ति नहुने भएकाले प्रतिगामी संविधानको विरुद्ध जनता सिंहदरबार घेराउका लागि तयार रहेको दावी गर्नुभयो ।संघीय युवा फोरम नेपालका केन्द्रीय सदस्य कृष्ण तामाङले पहिचान र अधिकारको लामो आन्दोलनलाई सुनुवाई नगरेकाले शक्ति केन्द्रमै प्रहार गर्न काठमाडौं जाऔं, सिंहदरबार घेरौं कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले घेराउका लागि युवा विद्यार्थीहरु अन्तिम तयारीमा जुटेको छ, आन्दोलनलाई दवाउन खोजे आफुहरु लड्न पुर्ण तयारी रहेको चेतावनी दिनुभयो ।

संघीय समाजवादी विद्यार्थी फोरमका केन्द्रीय सचिव फरेन्द्र थापामगरको अध्यक्षता र केन्द्रीय सचिवालय सदस्य चन्द्र तामाङको सञ्चालनमा भएको कार्यक्रम सम्पन्न भएको थियो । काठमाडौं जाऔं, सिंहदरबार घेरौं कार्यक्रमका लागि तमुवानबाट अधिकतम सहभागीता जनाउने कार्यक्रममा सहभागी युवा विद्यार्थीहरुले उद्घोष गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button