पोखरा १७, माघ-
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालका संस्थापक अध्यक्ष, जिफन्ट गण्डकी धौलागिरीका अध्यक्ष, नेपाल पत्रकार महासंघ कास्कीका सदस्य मिना गुरुङलाई मातृशोक परेको छ ।

गुरुङकी आमा धनकुमारी गुरुङ ७२ बर्षको उमेरमा फिस्टेल अस्पतालमा उपचारकै क्रममा आज (आईतबार) विहान ६ः३० बजे निधन भएको कान्छा ज्वाई वासुदेव गौचनले बताए । पोखरा ११ फ्ुलवारी घर भएकी गुरुङको आज शव यात्रा सहित पोखरा रामघाटको बौद्धगुम्बामा अन्त्यस्ती गरीने भएको छ ।

क्यान्सर रोगबाट ग्रसित धनकुमारी गुरुङ हिजो (शनिबार) उनको जन्म दिन परेकोले साँझ जन्म दिने मनाउने तयारी गरेका वेला एकाएक विरामी भई अस्पतालमा उपचार भए पछि आज उनको निधन भएको बताईन्छ । धनकुमारीका एक श्रीमान, ३ छोरी रहेका छन भने मिना जेठी छोरी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button