संविधान कार्यान्वयनमा दलीय सहमतिमा जोड

नेपालगन्ज, १८ जेठ –

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनका लागि मुलुकका सबै राजनीतिक दलबीच सहमति हुनुपर्नेमा जोड दिनुभएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara

नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—‘संविधान कार्यान्वयनमा आउनसक्यो भने मुलुकको राजनीतिक असहजता पनि विस्तारै हट्दै जान्छ ।’

मधेसवादी राजनीतिक दललाई सहमतिमा ल्याउन सरकारले वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिँदै नेता सिटौलाले त्यसका लागि मधेसकेन्द्रित दलका नेताहरुले पनि व्यक्तिगत र दलीय स्वार्थ त्याग्न जरुरी छ भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button