पर्यटन प्रवद्र्धन गर्न दक्षिण कोरीयामा नाट्टा प्रमोशनल टुर

पोखरा, २५ जेठ –

पोखरा सहित नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले नाट्टा प्रमोशनल टुर-कोरीया सेल्स मिसन २०१६ हुने भएको छ । नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा नाट्टा प्रमोशनल टुर-कोरीया सेल्स मिसन कार्यक्रम हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

पोखरामा आसपास क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रहरुको वारेमा दक्षिण कोरीयामा जानकारी गराउने, नेपाल घुमफिर बर्ष २०७३ को प्रचार प्रसार गर्दै नेपालमा नयाँ संविधान जारी पछि शान्ति प्रकृयासंगै पर्यटन क्षेत्रमा देखिएको सकरात्मक सन्देश प्रवाह गर्नु, दक्षिण कोरीयाबाट सिधा हवाई सेवा बृद्धि गर्न सम्बन्धित निकायलाइ उत्प्रेरणा दिन आफुहरु लाग्ने भएको टुर संयोजक पोमनारायण श्रेष्ठले बताए । पोखरामा रहेका ट्राभल्स तथा टुर अपरेटरहरुको क्षमता अभिबृद्धिका साथै दक्षिण कोरीयामा रहेका ट्राभल–ट्रेड अपरेटरहरुसंग व्यापारी सम्वन्ध कायम गर्नु, नाट्टा सदस्यहरुलाई कोट्फा का कार्यक्रमको बारेमा जानकारी गराउदै सगरमाथा र बुद्ध जन्मेको सुन्दर देश नेपालमा रहेका अनेका अनेकौं सम्पदाहरुको प्रचार प्रसार गरी नेपाल भ्रमण गर्न पे्ररित गर्ने, नेपालको सञ्चार क्षेत्र र दक्षिण कोरियाको सञ्चार क्षेत्र बिच पर्यटन मैत्रि सम्बन्ध कायम गाउने उद्धेश्य रहेको श्रेष्ठले जनाए ।

दक्षिण कोरीयामा नेपालको पर्यटन प्रवद्र्धन गर्न भूकम्पबाट प्रभावित अबस्थाबाट नेपाल हाल सामान्य अबस्थामा फर्किएरको बारेमा जानकारी गराउदै, पोखरा र वरपरका पर्यटकिय क्षेत्रहरु समेटिएर तयार पारीएको प्रबद्र्धनात्मक सामाग्रिहरु सिडि, ब्रोसर, पेन ड्राईभ, पोष्टर, टि–सर्ट लगातका सामाग्रिहरु वितरण हुने भएको संयोजक श्रेष्ठले जनाए । जुन ९ देखि १२ गतेसम्म दक्षिण कोरीयाको सिओलमा आयोजना हुने कोट्फा ट्राभल फेयरको अबसर पारेर नाट्टाले जेठ २६ देखि असार ३ गतेसम्मको टुर कार्यक्रम आयोजना गरेको हो ।

नाट्टा पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराका अध्यक्ष दिल गौतम सहित १८ सदस्य एक टोली पोखराबाट बुधबार पोखराबाट टोली दक्षिण कोरीया प्रस्थान गर्ने भएको हो । सन २०१४ मा नेपालमा आएका पर्यटकहरु मध्य ३ दशमलव ३९ प्रतिशत पर्यटकहरु दक्षिण कोरीयाबाट नेपाल आएको नेपाल पर्यटन वोर्ड पश्चिमाञ्चल क्षेत्रिय कार्यालयका प्रमुख उदय भट्टराईले बताए । उनका अनुसार हरेक बर्ष कोरीयाबाट एक करोड ५५ लाख जना विश्वका विभिन्न मुलुकमा भ्रमणमा निस्कने गर्दछन । दक्षिण कोरीया नेपालको पर्यटनको राम्रो गन्तव्य भएको उनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button