राजविराज, २६ जेठ –
केही दिनयता सप्तरीको पूर्वी भेगमा हात्ती आतङ्क फैलिएको छ ।
पछिलोपटक गएराति सप्तकोसी नागरपालिका–९ स्थित कमलपुरमा कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको एक बथानले छवटा घरमा तोडफोड गरेको छ ।
करिब तीनवटा समूहमा आएका हात्तीले स्थानीय सत्यनारायण यादवसहित चार परिवारको छवटा घरमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
सो हात्तीको समूहले घरमा क्षति पुरयाउनुको साथै घरभित्र रहेका अन्नपात खाएको छ भने लत्ताकपडा र भाँडावर्तनमा समेत क्षति पुरयाएको प्रहरी नायब निरीक्षक तेजबहादुर बस्नेतले जानकारी दिनुभयो । हात्तीलाई स्थानीयवासी र प्रहरी मिलेर आरक्षतिर लखेटेका छन् । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution