उर्लाबारी (मोरङ), २८ जेठ –
प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र मुलुकको द्रूतगतिमा विकास हुने बताउनुभएको छ ।
मोरङको मधुमल्ला र झापाको दमक जोड्ने मावा खोलाको पुलको आज शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीलेआफ्नो गाउँ आफै बनाउँ भन्ने अभियानका साथ गाउँगाउँ र टोलटोलमा विकासका बजेट आउने बताउनुभयो । जनतालाई विकास हुन्छ भन्ने प्रत्याभूति दिलाउने गरी काम गर्ने योजनाका साथ आफू लागिपरेको ओलीको भनाइ थियो ।
उक्त पुल निर्माण भएपछि मोरङको मधुमल्ला, टाँडी, इलामको सक्फाराका जनता प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । रु ३० करोड २२ लाख ९१ हजार ७५० उक्त पुन निर्माण गर्न लागिएको हो । विसं २०७६ साउनसम्म उक्त पुल निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution