ट्रिपरको ठक्करले रोट्याक क्लव अफ पर्वतका अध्यक्ष पौडेलको मृत्यु

पोखरा, २८ जेठ –

पोखराको हेमजामा आज विहान सवारी दुर्घटनामा परी रोट्याक क्लव अफ पर्वतका अध्यक्ष सन्तोषराज पौडेलको मृत्यु भएको छ । पर्वतबाट आमाको मणिपाल शिक्षण अस्पतालमा अप्रेसनका लागि भेटन आउन लागेका पौडेलको ट्रिपरले ठक्कर दिदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरा २७ हेम्जा बुद्ध पेट्रोल पम्प नजिकै ध १ प १९४७ नम्बरको मो.सा.को अगाडिको टायर पंचर हुन हुदा सोहि दिशाबाट आउदै गरेको ग १ ख ४३५४ नम्बरको ट्रिपर मुनि पर्दा मोटरसाईकल चालक क्लवका अध्यक्ष पौडेलको उपचारकै क्रममा मृत्यु भएको हो । पर्बत पकुवा ७ बस्ने बर्ष २७ बर्षीय पौडेललको उपचारको क्रममा मणिपालमा मृत्यु भएको बताईन्छ । पौडेलको शव पोष्टमार्टम पछि उनका आफन्तले बुझेका छन । मोटरसाइृकलमा सवार पौडेलका मामा पर्बत खौला ५ बस्ने बर्ष ५६ का हरी प्रसाद सापकोटा घाईते भई मणिपाल अस्पतालमा उपचार भईरहेको रोट्याक क्लव अफ पोखरा मिट टाउनका पुर्व अध्यक्ष उपेन्द्र पौडेलले बताए । ट्रिपर चालक लाहाचोक ५ का लिलाधर ढकाललाई कास्की प्रहरीले आफ्नो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरिक्षक गणेश बमले बताए ।

त्यसै गरी कालीका गाविसमा ट्याक्टर दुर्घटनामा परी एक चालकको मृत्यु भएको छ । कालीका गा.बि.स. ४ मुलिम भन्ने स्थानमा सामान लोड गरेको ग १ त ३३८३ नम्बरको ट्याक्टर अनियन्त्रीत भई सडकमा पल्टिदा ट्याक्टर चालक सन बहादुर नेपालीको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

तनहुँ भगवतीपुर २ बस्ने ३५ बर्षीय ट्याक्टर चालक नेपालीको शव पश्चिमाञ्चल अस्पतालको शव गृहमा राखिएको छ । ट्याक्टरको सहयोगी पोखरा चाउथे बस्ने १२ बर्षका बिमल परियार घाईते भएको प्रहरीले जनाएको छ । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भई रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button