काठमाडौँ, २८ जेठ –
नेपालमा व्यावसायिक क्रान्ति भएमा मात्र देशमा आर्थिक विकास हुने यहाँ आयोजित कार्यक्रममा वक्ताले बताएका छन् ।
जस्मिनपेन्ट्स प्रालिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँहरुले नेपाली उत्पादनलाई प्रोत्साहन दिएमा मात्र विदेश जाने रकम स्वदेशमा नै रहने अवसर मिल्ने बताउनुभयो ।
प्रालिका निर्देशक मधुसूदन अर्यालले नेपालमा नै उत्पादित जस्मिन पेन्टस प्रालि उत्पादन गरेको उच्च गुणस्तरीय रङले विश्व बजारमा प्रतिस्पर्धा गर्न सफल भएको बताउनुभयो । सगरमाथाको आठ पटक सफल आरोही तासी शेर्पाले नेपाली व्यवसायी सफल भएमा मात्र देशभित्र पुँजी भित्रने बताउनुभयो ।
सगरमाथाको चुचुरामा जस्मिन पेन्टसको झन्डा फराउने आरोही नवाङनोर्बु शेर्पाले देशको विकासको मूल ढोका पर्यटन भएकाले सगरमाथाको आकर्षण बढाउन सरकारले विशेष पहल गर्नुपर्ने बताउनुभयो । सन् १९९४ मा स्थापित जस्मिन पेन्टसका रङ काठमाडौँसहित देशका अधिकांश भागमा प्रयोगमा रहेको जिकिर गरिएको छ । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution