पोखरा, २८ जेठ –
कास्कीको घाचोक ३ मा रहेको आमा स्मृति प्रतिष्ठानको सुक्रबार प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि घाचोक गाविस सचिव शान्ती प्रसाद गौतमले उक्त कार्यक्रमको उद्घाटन गर्दै सामाजिक क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानको प्रसंसा गर्दै प्रतिष्ठानले ल्याएका कुनै पनि सामाजिक कार्यमा गाविसले सहकार्य गर्न तत्पर भएको जनाए । उनले भने “ कुनै संस्था जन्माउनु ठुलो कुरा होईन त्यसलाई निरन्तर संचालन गर्नु ठुलो कुरा हो, यो संस्था जिवन्त रहेको देख्न पाईयोस । ”
प्रतिष्ठानका अध्यक्ष वसन्तराज दवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नमस्ते सामुदायिक प्रतिष्ठानका अध्यक्ष गोविन्द विखर्ची, समाजसेवि तथा स्थानीय विष्णु केसी, थानेश्वर लम्साल, तोयनाथ शर्मा लम्साल, रविलाल पोखरेल, अर्जुन पोखरेल, प्रतिष्ठानका उपाध्यक्ष प्रदिप पोखरेल, सचिव गुडाकर दवाडी लगायतले प्रतिष्ठानका बारेमा चर्चा गरेका थिए । स्वर्गीय टिकादेवि दवाडीको स्मृतीमा उनका परिवारजनले टिकादेविको अधुरा सपना पुरा गर्न उक्त प्रतिष्ठान स्थापना भएको उनका आफन्त नारायण दवाडीले बताए । प्रतिष्ठानले यस अघि शिक्षाको क्षेत्रमा महिला शशत्तिकरण सम्बन्धि कार्यक्रम, गरीव तथा जेहेन्दार बिद्यार्थीलाइ छात्रबृत्ति दिने बिषयमा, जेष्ठनागरीकलाई सम्मान गर्ने, वातावरण तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको र भोलिका दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने भएको अध्यक्ष दवाडीले जनाए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution