रडले हिर्काएर बाबुको हत्या

उर्लाबारी (मोरङ), २९ जेठ –

मोरङको कोशी–हरैँचामा आज दिउँसो छोराले आफ्नै बाबुलाई फलामको रडले हिर्काएर हत्या गरेका छन् ।

कोशी–हरैँचा नगरपालिका–१५ सितुमारीका ७४ वर्षीय भोलामान राईको ३५ वर्षीय छोरा रामकुमार राईले पिताको हत्या गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।

बाबु छोराबीच भएको घरायसी विवादमा रामकुमारले बाबुलाई रडले हिर्काउँदा टाउकोमा लागेर भोलामानको घटनास्थलमै मृत्यु भएको हो । बाबुको हत्या गर्ने छोरा रामकुमार राईलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक थापाले बताउनुभयो । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button