धुर्मुस सुन्तलीलाई गोफण्डमीबाट २७ लाख सहयोग संकलन

पोखरा ,जेठ –

धुर्मुस सुन्तलीलाई इन्टरनेटको माध्यमबाट सहयोग जुटाउने वेभसाइट गोफण्डमी मार्फत २७ लाख रुपैंया सहयोग संकलन भएको छ । सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका उनीहरुलाई एक महिनामा २७ लाख रुपैँया सहयोग संकलन भएको हो । सामाजिक अभियान्ता सन्तोष ओझा र सञ्चारकर्मी सरल गुरुङ्गको सहयोगमा गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि ५० लाख रुपैँया सहयोग उठाउने लक्ष्यका साथ गोफण्डमीमा खाता खोलिएको थियो । जस अन्तर्गत एक महिनामा संसारभर रहेका नेपाल र नेपालीलाई माया गर्ने ४ सय भन्दा बढी व्यक्तिहरुबाट उक्त सहयोग जुटेको हो ।

प्रविधिको विकाससँगै सामाजीक काममा सहयोग संकलन गर्न यो वेभसाइटको प्रयोग हुने गर्दछ । गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि पनि गोफण्डमी विश्वभरबाट पैसा जम्मा गर्न सकिने खुत्रुके भएकाले यो अभियान सुरु गरिएको सञ्चारकर्मी गुरुङले बताएका छन् । युरोपीयन मुलुकमा नेपाल र नेपालीलाई सहयोग गर्न चाहने मानीसहरुधेरै छन् सामाजिक अभियान्ता ओझा भन्छन्, तर व्यस्तता कारण उनीहरुले सहयोग पठाउन सकिरहेका हुँदैनन् । त्यसैले आफ्नो क्रेडिट कार्डबाट एक क्लीकमै सहयोग गर्न सकिने गरी गोफण्डमीमा खाता खोलेर धुर्मुस सुन्तलीलाई आफुहरुले सघाएको उनको भनाई छ । गोफण्डमी मार्फत अमेरिकाबाट मुना शाही र माधव दुलालले व्यक्तिगत रुपमा जनही १ लाख रुपैंया भन्दा बढी सहयोग गरेका छन् । त्यस्तै, थाइल्याण्डबाट धन गुरुङ्ग, अमेरिकामा रहेका भुटानी शरणार्थीहरुको संस्था कोलोराडो अडल्ट डेकेयर, दिपेन्द्र अधिकारी र चन्द्र कँडेलले जनही ५० हजार रुपैंया भन्दा बढीे सहयोग गरेका छन् ।
धुर्मुस सुन्तलीको गिरान्चौर एकिकृत नमुना बस्ती निर्माणका लागि इन्टरनेटमार्फत सुरु भएको यो अभियानमा परशुराम तिमल्सिना र अमेरिकामा रहेका नेपालीहरुको संस्था बाल्टीमोर असोसिएसन अफ नेपालीज—बानाले सहकार्य गरेका छन् । बानाका अध्यक्ष कुल प्रसाद आचार्यले नेपाली कलाकारले सुरु गरेको यस अभियानमा साथ दिन पाउँदा खुसी लागेको बताए । अमेरिकामा रहेका कलाकार प्रेमराजा महत तथा परशुराम तिमल्सिनाले गोफण्डमीमा जम्मा भएको पैसा धुर्मुस सुन्तली फाउण्डेनको खातामा ल्याउन महत्वपुर्ण भुमीका खेलेका छन् । साढे ४ करोड भन्दा बढीको लागतमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्तीका लागि गोफण्डमीबाट नसोचेको सहायता जुटेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताएका छन् ।

५० लाख पुर्याउने लक्ष्य अझै पुरा भइनसकेकाले युरोपीयन मुलुकमा बस्नेहरुसँग उनले यो लक्ष्य पुरा गर्न सहयोगको अपील गरेका छन् । इन्टरनेटबाटै यति धेरै सहयोग जुटाउन सकिन्छ भन्ने नै थाहा थिएन फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) भन्छिन्, तर सन्तोष ओझा र सरल गुरुङले यसबारेमा बताए, अहोरात्र खटे र यो सहयोग जुटाउन सहयोग गरे । युरोपीयन मुलुकको व्यस्ततालाई बुझेर एउटा सानो खुत्रुके खोलेको बताउँदै उनले छिट्टै भरीने अपेक्षा गरेकी छिन् । गोफण्डमीमार्फत धुर्मुस सुन्तलीलाई सहयोग गर्न र कसले कति सहयोग गर्यो हेर्नका लागि यहाँ क्लीक गर्नुहोला ।गोफण्डमी लिंक-M https://www.gofundme.com/274vdtqc

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button