ईनर ह्विल क्लवको स्वास्थ्य शिविरबाट १ सय ९६ जना लाभान्वित

  • पोखरा न्यूज
  • २०७३ जेष्ठ ३०
ईनर ह्विल क्लवको स्वास्थ्य शिविरबाट १ सय ९६ जना लाभान्वित

पोखरा, ३० जेठ –

ईनर ह्विल क्लव अफ पोखरा मिट टाउन र पोखरा ईन्द्रमार्गको साकुरा मल्टेश्वरीको आयोजनामा बागलुङको दुर्गम क्षेत्र लहरेपिपलमा आयोजना भएको एक दिने निशुल्कः स्वास्थ्य परिक्षणबाट एक सय ९६ जना महिलाहरु लाभान्वित भएका छन ।

ग्रामिण क्षेत्रका महिलाहरुको स्वास्थ्य परिक्षण गर्ने उद्धेश्उले शनिबार आयोजना भएको उक्त निशुल्कः स्वास्थ्य परिक्षणबाट १८ बर्ष देखि ९७ बर्षसम्मका गरी एक सय ९६ जना महिलाहरु उक्त शिविरमा सहभागि भएको क्लका अध्यक्ष भक्ति गुरुङले बताईन । उनका अनुसार उक्त शिविरमा ७० हजार मुल्य बराबरको औषधि समेत निशुल्क रुपमा वितरण गरीएको छ । शिविरमा डा. आसीका श्रेष्ठ, डा. लिसा पुन, डा. मेहा बजीमय र डा. अनुसा श्रेष्ठ सहितको टोली सहभागि भएको अध्यक्ष गुरुङले जनाईन । शिविरमा सहभागि डा. आसीका श्रेष्ठले महिलाहरुको स्वास्थ्य परिक्षणको क्रममा महिलाहरुको सेतोपानी बग्ने र केहिको आङखस्ने समस्या भएको बताईन ।

उक्त शिविरका प्रमुख अतिथि ईन्टरनेश्नल ईनर ह्विल क्लव डिष्ट्रिक ३५० नेपालका चियर मेन कमल प्रभा खरेलले कार्यक्रमको शुभारम्भ गर्दै ग्रामिण क्षेत्रसम्म आएर यस्तो क्लवले शिविर आयोजना गरेकोले क्लवको कार्यको प्रंशम्सा गरे । क्लवका अध्यक्ष भक्ति गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन भने सचिव पार्वती पाण्डेले गरेकी हुन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस