कपिलवस्तु, ३१ जेठ –
शिवराज नगरपालिका–१० मा एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।
आइतबार साँझ करिब ८ बजे ३५ वर्षकी बोल्न नसक्ने थारू महिला बलात्कृत भएको प्रहरीले जनाएको छ । चन्द्रौटामा रहेको सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको पश्चिमतिर सो घटना भएको हो ।
पीडित महिला भैँसी चराउन आएको बेला सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणका जवानले सामूहिक बलात्कार गरेको गाउँलेको आरोप छ । घटनास्थलमा सशस्त्र प्रहरी बल बिन्ध्यवासिनी गणको गेम ड्रेस, एक जोर चप्पल, चुरा र साबुन फेला परेको छ । फेला परेका सामान र घटनास्थलको प्रकृतिका आधारमा सशस्त्र प्रहरीले नै बलात्कार गरेको हुनसक्ने अनुमान गरिएको छ ।
घटनामा संलग्न रहेको हुन सक्ने भन्दै प्रहरीले सशस्त्र प्रहरीका एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि छानबिन गरी घटनाको विवरण सार्वजनिक गरिने प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो । रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution